आइतबार, जेठ ३, २०८३

मध्यपश्चिम विश्वविद्यालयका सबै कार्यालयमा अनिश्चितकालिन तालाबन्दी

मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतका विद्यार्थी संगठनले १८ बुँदे माग राख्दै विश्वविद्यालयका सबै कार्यालयमा तालाबन्दी गरेका छन्।
 |  बिहीबार, साउन ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ७, २०७८

काठमाडौं- मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतका विद्यार्थी संगठनले १८ बुँदे माग राख्दै विश्वविद्यालयका सबै कार्यालयमा तालाबन्दी गरेका छन्।

National life

मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालय, उपकुलपतिको कार्यालय, रजिष्ट्रार र सबै डिन कार्यालय, परीक्षा नियन्त्रण कार्यालय, शिक्षा शास्त्र संकाय, विज्ञान तथा प्रविधि संकाय, मानविकी संकाय, व्यवस्थापन संकाय, ल क्याम्पस र इन्जिनियरिङ संकायका केन्द्रीय क्याम्पसहरुमा विद्यार्थी संगठनले संयुक्त रुपमा अनिश्चितकालीन तालाबन्दी गरेका हुन्। 

विद्यार्थी संगठनले विद्यार्थीहरुका जायज माग सम्बोधन नभए तालाबन्दीबाट भएको क्षतिको जिम्मेवारी स्वयं विश्वविद्यालय र पदाधिकारीले लिनुपर्ने, विद्यार्थीहरुको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने र १८ बुँदे माग तत्काल वार्तामा बसेर समाधान गर्न माग गरेका छन्।

विद्यार्थी संगठनले आफ्ना आन्दोलनका कार्यक्रममा विश्वविद्यालय प्रशासनले अवरोध गर्न खोजेमा त्यसको प्रतिकार गर्ने र जस्तोसुकै कदम पनि चाल्न सक्ने चेतावनी दिएका छन्।

मध्यपश्चिम विश्वविद्यालयका अखिल क्रान्तिकारी, नेविसंघ, अनेरास्ववियू र अखिल छैटौंले चरणबद्ध रुपमा आन्दोलनको घोषणा गरेसँगै उपकुलपति नन्दबहादुर सिंहले वार्ता टोली गठन गरेर विद्यार्थीका जायज माग पूरा गर्न विश्वविद्यालय तयार रहेको बताए पनि विद्यार्थी संगठन र विश्वविद्यालयबीच वार्ता हुन सकेको छैन। विद्यार्थी संगठनले चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रम जारी राखेका छन्। 

याे पनि‍‍‍‍‍‍ ...

अनलाइन परीक्षा गर्न माग गर्दै मध्यपश्चिम विश्वविद्यालयमा विद्यार्थीको प्रदर्शन 

 

प्रकाशित: Jul 22, 2021| 09:33 बिहीबार, साउन ७, २०७८
प्रतिक्रिया दिनुहोस्