आइतबार, चैत ८, २०८२

इन्टरनेट पहुँच भएको केन्द्रमा कक्षा १२ को प्रश्न पत्र अनलाइनमार्फत पठाइने

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परिक्षाका लागि प्रश्नपत्र अनलाइन र अफलाइन दुवै माध्यमबाट केन्द्रमा पठाउने भएको छ।
 |  बिहीबार, साउन ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ७, २०७८

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परिक्षाका लागि प्रश्नपत्र अनलाइन र अफलाइन दुवै माध्यमबाट केन्द्रमा पठाउने भएको छ।

National life

गत मंगलबार बसेको बोर्ड बैठकले आगामी ३१ साउनदेखि परीक्षा गर्ने निर्णय गर्नुका साथै दुवै माध्यमबाट प्रश्नपत्र पठाउने जानकारी गराएको हो।

इन्टरनेट पहुँच भएका केन्द्रमा इमेलबाट वा अन्य माध्यमबाट प्रश्नपत्र पठाउने व्यवस्था गरिएको राष्ट्रिय परिक्षा बोर्डले जानकारी दिएको छ। यसअघि गत वैशाखमा हुनुपर्ने कक्षा १२को परीक्षा कोभिड १९ को दोस्रो लहर फैलिएसँगै स्थगित भएको थियो। 

पछिल्लो समय कोभिड संक्रमण कम भएसँगै आगामी ३१ साउन देखि ९ भदौसम्म परीक्षा सञ्चालन गरिने बोर्डले जानकारी दिएको छ। कोभिड संक्रमण घटेपनि परीक्षाको समयमा कोभिड संक्रमण कम गर्नका लागि आवश्यक सम्पूर्ण स्वास्थ मापदण्ड पालना गरिने बोर्डले जनाएको छ।

प्रकाशित: Jul 22, 2021| 02:25 बिहीबार, साउन ७, २०७८
प्रतिक्रिया दिनुहोस्