आइतबार, चैत ८, २०८२

खोप लगाउन जाँदा कोरोना संक्रमित! सातापछि अस्पताल भर्ना

'एकैपटक निमोनिया सहित अस्पताल आउने क्रम बढेको छ। अस्पताल ढिलो पुग्दा जोखिम बढी हुन सक्छ,' उनले भने, ‘अहिलेको समय हामी निकै जोखिममा छौं,  यहि अवस्था रहेमा अबको अवस्था अझ जटिल बन्न सक्छ।' 
 |  बुधबार, साउन ६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन ६, २०७८

काठमाडौं- खोपका लागि खोप केन्द्रमा पुगेका मानिसहरु एक हप्तापछि कोरोना संक्रमित भएर अस्पताल पुग्न थालेका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बास्तोलाले पछिल्लो समय दैनिक १५-२० जना संक्रमणको लक्षण लिएर अस्पताल पुग्ने गरेका छन्। 

National life

कोरोना खोप लगाउन जाँदा संक्रमित बनेकामध्ये ७ देखि १० जनालाई अस्पताल नै भर्ना गर्नुपरेको डा बास्तोला बताउँछन्।  खोप केन्द्रमा भिडभाड हुनु, निषेधाज्ञा खुकुलो बनाइँदै जानु जानु र आम मानिसले स्वास्थ्यका मापदण्ड नअपनाउनुले संक्रमण बढ्दै गएको डा. बास्तोलाको भनाइ छ। खोप लगाएका व्यक्ति पनि कोरोना संक्रमित भएर भर्ना हुनेको संख्या बढ्दै गएको उनी बताउँछन्। 

'एकैपटक निमोनिया सहित अस्पताल आउने क्रम बढेको छ। अस्पताल ढिलो पुग्दा जोखिम बढी हुन सक्छ,' उनले भने, ‘अहिलेको समय हामी निकै जोखिममा छौं,  यहि अवस्था रहेमा अबको अवस्था अझ जटिल बन्न सक्छ।' 

पछिल्लो समय लक्षण भएका मानिस पनि परीक्षणको दायरमा नआएको उनको भनाइ छ। 'एकैपटक निमोनिया सहित अस्पताल आउने क्रम बढेको छ। अस्पताल ढिलो पुग्दा जोखिम बढी हुन सक्छ,' उनले भने, ‘अहिलेको समय हामी निकै जोखिममा छौं,  यहि अवस्था रहेमा अबको अवस्था अझ जटिल बन्न सक्छ।' 

खोप लगाएपछि केही हुँदैन' भन्ने भ्रम आम मानिसमा छ। खोप लगाएपछि जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्दैन भन्ने मानसिकता देखिएको डा. बास्तोलाको भनाइ छ। ‘खोप लगाएपनि जनस्वास्थ्यका मापदण्ड उत्तिकै आवश्यक छ, खोप लगाएका मानिसलाई पनि संक्रमण हुन सक्छ। त्यसैले जनस्वास्थ्यका मापदण्डलाई सँधै पालना गर्नुपर्छ।'

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 21, 2021| 11:49 बुधबार, साउन ६, २०७८
प्रतिक्रिया दिनुहोस्