आइतबार, चैत ८, २०८२

अनलाइन परीक्षा गर्न माग गर्दै मध्यपश्चिम विश्वविद्यालयमा विद्यार्थीको प्रदर्शन 

मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थी संगठनले १८ बुँदे माग राख्दै मसाल जुलुससहित विश्वविद्यालय अगाडि प्रदर्शन गरेका छन्।
 |  बुधबार, साउन ६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन ६, २०७८

काठमाडौं– मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थी संगठनले १८ बुँदे माग राख्दै मसाल जुलुससहित विश्वविद्यालय अगाडि प्रदर्शन गरेका छन्।

National life

विद्यार्थी संगठनहरुले विश्वविद्यालयका उपकुलपति एवं रजिष्ट्रारको कार्यालयमा लगाएको तालाबन्दी मागहरू सम्वोधन नै नगरी विश्वविद्यालय प्रशासनले फोडिदिएपछि आक्रोशित भएका विद्यार्थीले उपकुलपति नन्दबहादुर सिंह र रजिस्ट्रार प्राडा नारायण प्रसाद पौडेलको पुत्ला पनि जलाएका छन्।

विद्यार्थी संगठनले आफ्ना माग पूरा नभए विश्वविद्यालयका सम्पूर्ण क्याम्पस, परीक्षा नियन्त्रण कार्यालय र केन्द्रीय कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गर्ने घोषणा गरेको छ।  

मध्यपश्चिम विश्वविद्यालयका अखिल क्रान्तिकारी, नेविसंघ, अनेरास्ववियू र अखिल छैटौंले चरणबद्ध रुपमा आन्दोलनको घोषणा गरेसँगै उपकुलपति सिंहले वार्ता टोली गठन गरेर विद्यार्थीका जायज माग पूरा गर्न विश्वविद्यालय तयार रहेको बताएका थिए। 

विश्वविद्यालयको दशौं सिनेटबाट उच्चस्तरीय समस्या समाधान समिति गठन गरिएको र तत्काल विद्यार्थी संगठनसँग वार्ता गरी समस्या समाधान गर्न यो नै उत्तम विकल्प भएको उनको भनाइ थियो। विश्वविद्यालयले दिपबहादुर रावलको नेतृत्वमा, सिपि रिजाल र विरबहादुर पौडेलको तीन सदस्यीय वार्ता कमिटी गठन गरेको छ। 

Laxmi sunrise bank
kumari

विद्यार्थी संगठनले विश्वविद्यालयको कार्यकारी परिषद्बाट पास गरिएको विश्वविद्यालय वैकल्पिक परीक्षा कार्यविधी २०७७ अनुसार तत्काल परीक्षा गर्नुपर्ने, विद्यार्थीलाई छात्रवृत्ति २० प्रतिशत कायम गर्नुपर्ने, विभिन्न संकायका सबै सेमेष्टरका रोकिएका छात्रवृत्ति तत्काल विद्यार्थीलाई प्रदान गर्नुपर्ने, विश्वविद्यालयको स्ववियू निर्वाचनको मिति तत्काल सार्वजनिक गर्नुपर्ने, विश्वविद्यालयको नियमित हुनुपर्ने दिक्षान्त समारोह तत्काल गर्नुपर्ने, हाइड्रोपावर इन्जिनियरिङलाई नेपाल इन्जिनियरिङ काउन्सिलमा तत्काल दर्ता गर्नुपर्ने लगायतका माग राखेका छन्।

प्रकाशित: Jul 21, 2021| 10:11 बुधबार, साउन ६, २०७८
प्रतिक्रिया दिनुहोस्