मंगलबार, माघ ६, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • खेलाडीहरू ओलम्पिक भिलेजमा, यस्तो छ नेपाली खेलाडीको खेल तालिका

खेलाडीहरू ओलम्पिक भिलेजमा, यस्तो छ नेपाली खेलाडीको खेल तालिका

एथ्लेटिक्सको सरस्वती चौधरीबाहेकका खेलाडी क्वारेन्टिन अवधिपश्चात् मंगलबार रातिबाट ओलम्पिक भिलेजमा प्रवेश गरेका छन्।
 |  बुधबार, साउन ६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन ६, २०७८

काठमाडौं– एथ्लेटिक्सको सरस्वती चौधरीबाहेकका खेलाडी क्वारेन्टिन अवधिपश्चात् मंगलबार रातिबाट ओलम्पिक भिलेजमा प्रवेश गरेका छन्।

National life

आयोजकको नियमअनुसार खेलाडीले जापान पुगेको दिनलाई शून्य दिन मानेर तीन दिन क्वारेन्टिन बस्नुपर्ने हुन्छ। र, क्वारेन्टिनको अवधि सकेपछि उनीहरूले ओलम्पिक भिलेजमा प्रवेशको अनुमति पाउनेछन्।

त्यसैले चार दिनअघि जापान पुगेकी नेपालकी जुडो खेलाडी सोनिया विष्टले हिजो क्वारेन्टाइन सकेर पहिलो दिन अभ्याससमेत गरेकी थिइन्। यता अन्य खेलाडीहरूमा पौडीकी गौरिका सिंह र एलेक्स साहले भने अघिबाटै अभ्यास गरिरहेका छन्। तर, एथ्लेटिक्स खेलाडी (स्प्रिन्ट धावक) सरस्वती चौधरीसहितको टोली भने आउँदो २४ तारिखमा जापान प्रस्थान गर्नेछ।

मंगलबार ‘सेभ दी मिसन’ रमेशकुमार सिलवाल सीडीएम मिटिङमा पहिलो पटक भौतिक रुपमा उपस्थित भएका थिए। यसअघि भर्चुअल रूपमा उपस्थित हुने गरेका थिए।

यस्तो छ नेपाली खेलाडीको खेल तालिका

Laxmi sunrise bank
kumari

पौडी : पौडीमा नेपाली टिमका दुई खेलाडी सहभागी बन्दै छन्। गौरिका सिंह महिलातर्फ १०० मिटर फ्रिस्टाइलमा सहभागी बन्नेछिन भने एलेक्स साह पुरुषतर्फको १०० मिटर फ्रिस्टाइलमा सहभागी बन्दैछन्।

उनीहरूले खेल जुलाई २८ मा रातको सवा १० बज सुरु हुनेछ। पहिलो चरण पार गर्न सकेमा पार गरेको चरण अनुसार बाँकी खेला २९ र ३० तारिखमा हुनेछ।

जुडो : जुडोमा नेपाली खेलाडी सोनियाँ भट्टले प्रतिस्पर्धा गर्नेछिन्। उनले जुलाई २४ को दिउँसो सवा २ बजे हुने खेलमा ४८ केजीमुनीको तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन्। सो विधाको सम्पूर्ण खेल सोही दिन हुनेछन्।

सुटिङ : महिला १० मिटर एयर राइफलमा नेपालकी कल्पना  परियारले सहभागिता जनाउनेछिन्। उनको खेलमा पनि जुलाई २४, दिनको सवा ११ बाट सुरु हुनेछ। महिलातर्फको १० मिटर एयर राइफलको फाइनलसम्मको खेल सोहि दिन हुनेछ।

एथ्लेटिक्स : ३० जुलाईमा एथ्लेटिक्सतर्फ १०० मिटर दौडमा नेपालकी एथ्लेटिक्स खेलाडी सरस्वती चौधरी दौडिने छन्। दिनको तीन बजे सुरु हुने दौडमा अन्तिम नेपाली सहभागीका रुपमा उनले ओलम्पिक खेल्नेछिन्। उनी रहेको विधाको सेमिफाइनल र फाइनल खेल भने जुलाई ३१ मा हुनेछ।

प्रकाशित: Jul 21, 2021| 07:43 बुधबार, साउन ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।