सोमबार, जेठ ७, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • सर्पेलाई कुट्ने वडाध्यक्ष विगतदेखि नै विवादित, पत्रकारलाई दिए यस्तो चेतावनी

सर्पेलाई कुट्ने वडाध्यक्ष विगतदेखि नै विवादित, पत्रकारलाई दिए यस्तो चेतावनी

जाजरकोटको चुनीचाँदे गाउँपालिका वडा नं. २ का वडाध्यक्ष रामबहादुर नेपाली मंगलबारदेखि चर्चामा छन्।
 |  बुधबार, साउन २०, २०७८

देव राना

देव राना

बुधबार, साउन २०, २०७८

सुर्खेत– जाजरकोटको चुनीचाँदे गाउँपालिका वडा नं. २ का वडाध्यक्ष रामबहादुर नेपाली मंगलबारदेखि चर्चामा छन्। स्थानीय सर्पे दमाईंलाई कुटपिट गरेको भिडियो भाइरल भएसँगै उनी चर्चामा आएका हुन्। 

triton college

मदिरा खाएर मात्तिएको युवालाई वडाध्यक्षले डोरीले बाँधेर कुटपिट गर्नुलाई कतिपयले त सही निर्णय पनि भनेका छन्। धेरैले भने वडाध्यक्षको अमानवीय काम भनेका छन्।

अहिले अचानक चर्चामा आएका वडाध्यक्षको विगत पनि विवादित छ। जनप्रतिनिधि हुनुअघि राम्रो सामाजिक प्रतिष्ठा भएका उनी त्यसपछि भने धेरै पटक विवादमा तानिएका छन्। अघिल्लो वर्षको जेठमा कांग्रेस समर्थित केही स्थानीय युवासँगको लफडामा उनी तानिए। भलै युवाहरुको कुटपिटबाट उनी गम्भीर घाइते भएका थिए। 

गएको चैत २८ मा गाउँपालिकाका स्वास्थ्य सहसंयोजक योगेश्वर बस्नेतलाई कुटपिट गरेको घटनामा समेत उनी मुछिए। गाउँपालिकाको कार्यालय वडा नं. ३ परालेबाट वडा नं. ११ को मेसुकोटमा सार्न लागेको भन्दै उनको टोलीले बस्नेतलाई कुटपिट गरेको गाउँपालिका स्रोतले जनाएको छ। त्यहाँ गाउँपालिकाको कार्यालय कहाँ राख्ने भन्ने विषय विवादित छ। हाल गाउँपालिकाको कार्यालय परालेमा छ।

उल्लेखित विवादबाहेक वडाध्यक्षले एक जना कार्यालय सहयोगीमाथि गरेको अर्काे अत्याचार पनि भेटिएको छ। फरक राजनीतिक आस्थाको व्यक्ति भन्दै वडाध्यक्षले कार्यालय सहयोगी लालबहादुर शाहीलाई एक वर्षदेखि वडामा हाजिर हुन दिएका छैनन्। २०७६ वैशाख ८ गते नियुक्तिपत्र लिएर उनी वडा कार्यालयमा पुगेका थिए। वडाध्यक्षले भने फरक राजनीतिक आस्थाको व्यक्ति भएकै कारण वडाको कामकाजमा रोक लगाएको कार्यालय सहयोगी शाहीले बताए। वडाका काम गर्न नदिएपछि हाल उनी गाउँपालिकको कार्यालयमा कार्यरत छन्।

corrent noodles
Metro Mart

गाउँपालिकाले २०७५ सालमा वडा नं. २ कार्यालयबाट प्रवाह हुने सेवालाई सहज बनाउन भन्दै कार्यालय सहयोगी राख्ने गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार गाउँपालिकाले ०७५ चैतमा कार्यालय सहयोगी माग गरेर ०७६ वैशाख ४ गते परीक्षा लिएको थियो। परीक्षामा पास भएपछि असार मसान्तसम्मको करार सेवामा रहनेगरी वैशाख ५ गते नियुक्तिपत्र दिएको थियो। नियुक्तिपत्र लिएर वडा कार्यालय पुगेका उनलाई वडाध्यक्षले गाउँपालिकामै फर्काइदिएका थिए। 

‘गाउँपालिकाले दिएको जिम्मेवारी पूरा गर्न वडा कार्यालयमा गएको थिएँ, वडाध्यक्षज्यूले कहिले अफिस बन्द गर्नु भयो, कहिले हाजिर हुन गाउँपालिका जाऊ भन्नुभयो,’ शाहीले भने, ‘तैंले गाउँपालिकाबाट बुझेर ल्याएको सामान गाउँपालिकामै लैजा भनेपछि म गाउँपालिकामा फर्किएको हुँ।’ त्यसयता शाही गाउँपालिकाको कार्यालय सहयोगीका रुपमा कार्यरत छन्।

वडाध्यक्ष नेपालीले भने वडालाई गाउँपालिकाले आफूखुशी कार्यालय सहयोगी राखेका कारण वडामा हाजिर हुन नदिएको दाबी गरे। ‘कार्यालय सहयोगीका लागि १६ जनाले दरखास्त दिएका थिए, परीक्षाको मिति वैशाख २० गते तोकिएको थियो,’ वडाध्यक्ष नेपालीले भने, ‘गाउँपालिकाले परीक्षा मिति अगाव परीक्षा लियो र दुई नम्बरमा नाम निस्केको व्यक्तिलाई नियुक्ति दियो। त्यही कारण मैले वडामा हाजिर हुन नदिएको हुँ।’ 

परीक्षा निष्पक्ष नभएको भन्दै त्यसको सम्पूर्ण जिम्मेवारी गाउँपालिकाले लिनुपर्ने उनको दाबी छ। ‘गाउँपालिकामा बसेर उस (कार्यालय सहयोग)ले वडाको तलब खाइरहेको छ,’ वडाध्यक्ष नेपालीले भने, ‘अब उसको बारेमा गाउँपालिकाले जेसुकै गरोस्, मेरो वडामा छिट्टै नयाँ कार्यालय सहयोग नियुक्त गर्छु।’ कार्यालय सहयोगीका लागि वडाबाट दरखास्त माग भइसकेको उनले जनाए। वडाध्यक्ष एमालेबाट निर्वाचित हुन् भने कार्यालय सहयोगी नेपाली कांग्रेस आस्थावान व्यक्ति हुन्। कार्यालय सहयोगी शाहीले वडाध्यक्षको मुन्टो छिनालिदिन्छु भनेको प्रमाणसमेत आफूसँग भएको नेपालीको दाबी छ।

‘गलत न्यूज लेख्नेको हिसाब–किताब गर्छु’

सर्पे दमाईंलाई कुटेको घटनालाई लिएर समाचार लेख्ने पत्रकारलाई वडाध्यक्षले हिसाब–किताब गर्ने चेतावनी दिएका छन्। ‘सत्य घटना नबुझेर जे पायो, त्यही लेख्नेहरुको लिस्ट राखेको छु,’ वडाध्यक्षले भने, ‘कसले के–के लेखेको छन्, सबै राखेको छु, एक दिन हिसाब–किताब गर्छु।’ आफू निर्दाेष रहेको भन्दै उनले एक दिन घटनाको सत्यतथ्य फर्दाफास हुने बताए। ‘भारतमा एउटा व्यक्ति (दुर्गाप्रसाद तिम्सिना) ४० वर्ष जेल परे, तर दोषी प्रमाणित भएनन्,’ वडाध्यक्ष नेपालीले भने, ‘अहिले मलाई पनि केही व्यक्तिले फसाउन खोजेका छन्, एक दिन सत्य के हो भनेर प्रमाणित हुनेछ।’ 

मदिरा सेवन गरेर मात्तिएको सर्पेलाई उनका आमाबुबाकै आग्रहमा थप घटना हुन नदिएको र बाँधेर तर्साउन खोजेको उनको जिकिर छ। ‘उसले ढुङ्गामुडा गरेर केही व्यक्ति घाइते भए, भत्ता बाँड्दै गर्दा भागाभाग भयो,’ उनले भने, ‘सर्पेकै आमाले बाँधेर ठिक पार्नुपरो भनेपछि तर्साउन कुटपिट गरे जस्तो मात्रै गरेको हुँ, कुटपिट गरेको भए घ्याउ देखाउनुपरो नि।’ वडाध्यक्षको गल्ती देख्नेहरुले पीडितका आमाबुवासँग सत्यतथ्य बुझेर दोषी प्रमाणित गर्न उनको चुनौती छ।

प्रकाशित: Aug 04, 2021| 17:40 बुधबार, साउन २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।