सोमबार, मंसिर २९, २०८२
  • गृहपृष्ठ
  • समाज
  • फोटो पत्रकार दानिस सिद्दिकीको सम्झनामा दीप प्रज्वलन [पाँच तस्बिर]

फोटो पत्रकार दानिस सिद्दिकीको सम्झनामा दीप प्रज्वलन [पाँच तस्बिर]

 रोयर्टसका फोटोपत्रकार दानिस सिद्दिकीको सम्झनामा फोटो पत्रकार (पीजे) क्लबले मंगलबार दीप प्रज्वलन गरेको छ।
 |  मंगलबार, साउन ५, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

मंगलबार, साउन ५, २०७८

काठमाडौ- रोयर्टसका फोटोपत्रकार दानिस सिद्दिकीको सम्झनामा फोटो पत्रकार (पीजे) क्लबले मंगलबार दीप प्रज्वलन गरेको छ। अफगानिस्तानको कन्दाहार प्रान्तको स्पिन बोल्दाक जिल्लामा तालिबान र अफगान सुरक्षा फौजको झडपमा परी दानिसको गत साता मृत्यु भएको थियो।

National life

क्लबले सिद्दिकीको सम्झनामा स्वयम्भूमा दीप प्रज्वलन गर्दै सिद्दिकीको हत्याको घटनाप्रति घोर भर्त्सनासमेत गरेको छ। पुलित्जर पुरस्कार विजेता फोटोपत्रकार सिद्दिकीले केही दिनयता कन्दाहारको तालिबान प्रभावित क्षेत्रबाट रिपोर्टिङ गरिरहेका थिए।

रोयटर्सका लागि भारतमा चिफ फोटो पत्रकारका रुपमा कार्यरत दानिसले दिल्लीस्थित जामिया मिलिया इस्लामिया विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेका थिए। त्यस्तै, उनले एजेके मास कम्युनिकेसन रिसर्च सेन्टरमा पत्रकारितासम्बन्धी अध्ययन गरेका थिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 20, 2021| 15:42 मंगलबार, साउन ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।