काठमाडौं– नेपाली लेग स्पिनर सन्दीप लामिछानेले इंग्ल्यान्डको क्रिकेट लिग दी हन्ड्रेड खेल्न नपाउने भएका छन्।
इंग्ल्यान्ड क्रिकेट बोर्डले आफ्नो भिसालाई मान्यता नदिएको र देश छाड्न आग्रह गरेको सन्दीपले फेसबुकमा लेखेका छन्। सन्दीप आज वा भोलि नेपाल फर्कने बताइएको छ।