शुक्रबार, साउन ८, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • अमेरिका, बेलायत तथा युरोपेलीसंघले चीनमाथि लगायो साइबर हमलाको आरोप

अमेरिका, बेलायत तथा युरोपेलीसंघले चीनमाथि लगायो साइबर हमलाको आरोप

अमेरिका, बेलायत तथा  युरोपेली संघले चीनमाथि साइबर हमलाको आरोप लगाएको छ। साइबर हमला माइक्रोसफ्ट एक्सचेन्ज सर्भरमा गरिएको उनीहरूको आरोप छ।
 |  मंगलबार, साउन ५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ५, २०७८

अमेरिका, बेलायत तथा  युरोपेली संघले चीनमाथि साइबर हमलाको आरोप लगाएको छ। साइबर हमला माइक्रोसफ्ट एक्सचेन्ज सर्भरमा गरिएको उनीहरूको आरोप छ।

बेलायतले हमलाका लागि चीन सार्थित पक्षलाई दोषी ठहर गरेको छ। युरोपेली संघ तथा अमेरिकाले पनि बेलायतको भनाईलाई समर्थन गरेको छ।

उनीहरूले चीनको मिनिस्ट्री अफ स्टेट सेक्युरिटीले दुस्साहसले भरिएको बृहत्त जासुसी गतिविधि गरिरहेको आरोप लगाएका छन्। साइबर हमलाका कारण विश्वभर ३० हजार सर्भर प्रभावित भएका थिए।

चीनले यसअघि नै साइबर आक्रमणमा आफ्नो संलग्नता नरहेको दाबी गरेको थियो। चीनले आफू कुनै पनि अपराधको साक्षी नरहेको बताइसकेको छ।

साइबर हमलाबाट जोगिन बेलायतको नेशनल साइबर सेक्युरिटीले यसबारे ७० भन्दाबढी प्रभावित संस्थालाई अनीहरूको अवस्थाबारे जानकारी दिनुका साथै सुझाव दिएको थियो। बेलायत अमेरिका र युरोपेली संघले साइबर हमलालाई लिएर गम्भीर चिन्ता व्यक्त गरेका छन्।

प्रकाशित: Jul 20, 2021| 04:45 मंगलबार, साउन ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।