आइतबार, वैशाख २७, २०८३

बगदादको बम बिस्फोट, कम्तीमा २५ जनाको को मृत्यु

इराकको राजधानी बगदादमा भएको बम विस्फोटनमा कम्तीमा २५ जनाको मृत्यु भएको छ। इराकको सुरक्षा निकायका अनुसार विस्फोटमा परि दर्जनौं घाइते भएका छन्।
 |  मंगलबार, साउन ५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ५, २०७८

इराकको राजधानी बगदादमा भएको बम विस्फोटनमा कम्तीमा २५ जनाको मृत्यु भएको छ। इराकको सुरक्षा निकायका अनुसार विस्फोटमा परि दर्जनौं घाइते भएका छन्।

National life

विस्फोटन एउटा व्यस्त बजारमा भएको हो। मुस्लिम धर्मावलम्बीहरूले मंगलबार इद पर्वको तयारी गरिरहँदा उत्तरी साड सहर क्षेत्रमा विस्फोटन भएको हो।

इस्लामिक स्टेट आईएस समूहले घटनाको जिम्मेवारी लिएको समाचार संस्था रोयटर्सले जनाएको छ। पछिल्लो ६ महिनामा यताकै यो सबैभन्दा घातक विस्फोटन हो।

इराकी सरकारले सन् २०१७ को अन्त्यमा सुन्नी मुस्लिम जीहादी समूहमाथि विजयी भएको घोषणा गरेको थियो। तर पनि गोप्य रूपमा केही सदस्यले सानातिना घटनाहरू गराउँदै आएका थिए।

गत एप्रिलमा चार जनाको मृत्यु हुने गरी गरिएको कार बम हमलामा पनि आफ्नो हात रहेको आईएसले जनाएको थियो।

उसले गत जनवरीमा ३२ जनाको ज्यान जाने गरी गरिएको आक्रमणको पनि जिम्मा लिएको छ। त्यो राजधानी बगदादमा पछिल्लो तीन वर्षमा भएको सबैभन्दा घातक बम आक्रमण थियो।

प्रकाशित: Jul 20, 2021| 03:05 मंगलबार, साउन ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।