बुधबार, फागुन २७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • योगी आदित्यनाथको सरकारले गर्‍यो १३९ गुण्डाको इन्काउन्टर

योगी आदित्यनाथको सरकारले गर्‍यो १३९ गुण्डाको इन्काउन्टर

भारतको उत्तर प्रदेशमा मुख्यमन्त्री योगी आदित्यनाथको सरकारले १३९ गुण्डाको इन्काउन्टर गरेको छ।
 |  सोमबार, साउन ४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ४, २०७८

एजेन्सी- भारतको उत्तर प्रदेशमा मुख्यमन्त्री योगी आदित्यनाथको सरकारले १३९ गुण्डाको इन्काउन्टर गरेको छ।

National life

योगी सरकारले आफ्नो ४ वर्षे कार्यकालमा अपराधिक गतिविधि र असुलीमा संलग्न गुण्डाहरुलाई पक्राउ गर्ने क्रममा यति ठूलो संख्यामा इन्काउन्टर गरेको हो। प्रहरीसँगको मुठभेडमा ३ हजार १९६ जना गुण्डा घाइते भएका छन्।

प्रदेश सरकारका अनुसार यो क्रममा १३ प्रहरी जवानको मृत्यु भएको छ भने मुठभेडमा १ हजार १२२ जवान घाइते भएका छन्। प्रदेशको गृहमन्त्रालयका प्रवक्ता अवनीश अवस्थीका अनुसार सरकारले गुण्डागर्दी र अपराधिक गतिविधि गर्नेमाथि कडा कारबाही जारी राखेको छ।

यो क्रममा प्रहरीले ४३ हजारभन्दा धेरै अपराधीहरुलाई गिरफ्तार गरी मुद्दा चलाइएको छ। तीमध्ये १३ हजारभन्दा बढी विरुद्ध भारतीय कानूनको ग्याङस्टार अधिनियमअनुसार मुद्दा चलाइएको छ।

योगी सरकारले यो अवधिमा गुण्डा समूहबाट १५ अर्ब ७४ करोड भारतीय रुपैयाँभन्दा बढीको सम्पत्ति जफत गरेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 19, 2021| 14:05 सोमबार, साउन ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।