आइतबार, चैत ८, २०८२

शिक्षकले पाउने निवृत्तिभरण जिल्लाको कोलेनिकाबाटै वितरण गरिने

राष्ट्रिय किताबखाना (शिक्षक)ले देशभरका शिक्षकलाई प्रदान गर्ने निवृत्तभरण अबदेखि सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यलयबाटै वितरण गर्ने जनाएको छ।
 |  सोमबार, साउन ४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ४, २०७८

काठमाडौं- राष्ट्रिय किताबखाना (शिक्षक)ले देशभरका शिक्षकलाई प्रदान गर्ने निवृत्तभरण अबदेखि सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यलयबाटै वितरण गर्ने जनाएको छ।

National life

किताबखानाबाट हुँदै आइरहेका सेवा निवृत्त शिक्षकका निवृत्तभरणसम्बन्धी कार्यहरू मध्ये केही कार्य जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यलयबाटै वितरण गर्ने व्यावस्था मिलाइएको जनाएको हो।

किताबखानाले शिक्षकहरूलाई  निवृत्तभरण मुक्तानी भइरहेको बैंक अवस्थित जिल्ला कोष तथा लेखा नियन्त्रक कार्यलयमा सम्पर्क राख्न सेवानिवृत्त शिक्षकलाई सूचित गरेको छ।

जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यलयले अब उपरान्त पाना सिद्धिएमा नयाँ अधिकारपत्र बनाउने, हराएमा वा नासिएमा प्रतिलिपि जारी गर्ने, पारिवारिक निवृत्तिभरण अधिकारपत्र तयार गर्ने (नामसारी मात्र), नाम थर संशोधन सम्बन्धी, निवृत्तिभरण रकम संशोधन सम्बन्धी, भुक्तानी नलिएको निवृत्तिभरण रकम भुक्तानी सम्बन्धी र औषधि उपचार सहयोग स्वरुप १० प्रतिशत रकम वृद्धि सम्बन्धी (७५ देखि ८५ वर्ष उमेरको) सेवा दिने भएको छ।

प्रकाशित: Jul 19, 2021| 07:40 सोमबार, साउन ४, २०७८
प्रतिक्रिया दिनुहोस्