आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

खानाको लाइनमा बस्ने अवस्थामा पुग्यो विपन्न वर्ग

अरुको घरमा काम गर्दै आएका शिशसनी टोलका अधिकांश परिवार कोरोनाको संक्रमणका कारण समस्यामा परेका छन्। घरमै बस्नु र परिवारको हातमुख कसरी जोड्ने भन्ने चिन्ताले थलिनु उनीहरुको दैनिकी बनेको छ।
 |  आइतबार, साउन ३, २०७८
nespernesper

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

आइतबार, साउन ३, २०७८

विराटनगर- विराटनगर १९ शिशवनी टोलकी धनश्री ऋषिदेव आइतबार बिहान खानाको लाइनमा थिइन्। अर्काको घरमा भाँडा माझेर परिवार चलाउने धनश्रीको रोजगारी कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै गुम्यो।

triton college

काम गर्न नपाएपछि दैनिक घर खर्च टार्न उनलाई समस्या भयो। उनले विभिन्न घरमा भाँडा माझेर महिनामा १० हजार आम्दानी गर्ने गरेकी थिइन्। उनका श्रीमान बुधनारायण ऋषिदेव पनि अहिले बेरोजगार छन्। कोरोनाका कारण काम नपाउँदा दैनिकी टार्नै समस्या भएको उनको दुखेसो छ। ऋषिदेव परिवारका चार सन्तान छन्। कोरोना महामारी सुरु भएपछि उनीहरुलाई दैनिक खाना खुवाउनै समस्या भएको बुधनारायणले बताए। 

विराटनगर १९ कै सुलेखा सरदार पनि खानाको प्याकेट लिने लाइनमा थिइन्। उनलाई पनि अहिले दैनिकी टार्न समस्या छ। श्रीमान–श्रीमती नै बेरोजगार भएपछि समस्या भएको सरदारले बताइन्। सरदारले भनिन्, ‘पहिले रोपाइँको सिजनमा धान रोपेर पनि कमाइन्थ्यो, अहिले जग्गा प्लटिङका कारण धान रोपाइँ नै हुन छाड्यो।’ दैनिक ज्यालादारी गरेर परिवार चलाउँदै आएको बर्ग ज्यादै नै पीडामा परेको सरदारले बताइन्। 

विराटनगर-१९ को शिशवनी टोलमा करिब १७० घर परिवार छन्। दैनिक अरुको घरमा काम गरेर उनीहरुले परिवार चलाउँदै आएका थिए। अरुको घरमा काम गर्दै आएका शिशसनी टोलका अधिकांश परिवार कोरोनाको संक्रमणका कारण समस्यामा परेका छन्। घरमै बस्नु र परिवारको हातमुख कसरी जोड्ने भन्ने चिन्ताले थलिनु उनीहरुको दैनिकी बनेको छ।

Metro Mart
vianet

विराटनगर महानगरपालिका अन्तर्गत १९ नम्वर वडामा धेरै सुकुम्वासी बस्ती छन्। सो वडाका ७५० घर सुकुम्वासी वस्तीमा रहेको वडाध्यक्ष बद्रीनारायण सरदारले बताए। कोरोनाका कारण दैनिक काम गरेर खाने वर्गलाई समस्या परेको उनले बताए। गत वर्ष महानगरले राहत वितरण गरे पनि यस वर्ष वितरण गर्न नसकिएको वडाध्यक्ष सरदारले बताए।

‘विभिन्न सामाजिक संस्थाहरुलाई राहत वितरणको कार्यक्रम आफ्नो वडामा राख्नको लागि भने पहल गरेको छु’, उनले भने। एक/दुई दिनको राहतले समस्या समाधान हुन नसकेको वडाध्यक्ष सरदारको बुझाइ छ।

२२ हजार ५०० विपन्नलाई पौष्टिक खाना खुवाइने

विराटनगर महानगर क्षेत्रका विपन्न २२ हजार ५०० जनालाई ९० दिनसम्म खाना खुवाउने कार्यक्रम आइतबारदेखि विराटनगरमा सुरु भएको छ। दैनिक २५० जनाका दरले ९० दिनसम्म खाना खुवाउने लक्ष्य रहेको नारी विकास संघ विराटनगरकी कार्यक्रम संयोजक सरिता अधिकारीले जानकारी दिइन्।

लैंगिक समानता र महिला सशक्तीकरणका लागि संयुक्त राष्ट्रसंघीय इकाई (युएन वुमन) र माइती नेपालसँगको सहकार्यमा खाना खुवाउने कार्यक्रम सुरुवात गरिएको अधिकारीले बताइन्। महिला र बालबालिकालाई लक्षित गरेर कार्यक्रम अघि बढाइएको उनको भनाइ छ। उनले भनिन्, ‘विपन्न समुदायको लगत संकलन गरेर पौष्टिक खाना वितरण सुरु गरिएको छ।’

माइती नेपालले आइतबारदेखि देशव्यापी अभियान सुरु गरेको माइती नेपाल विराटनगरका कार्यक्रम संयोजक विनोद पोखरेलले बताए। उनले काठमाडौं, विराटनगर र धनगढीमा विपन्नलाई ९० दिनसम्म पौष्टिक खाना खुवाउने कार्यक्रम सुरु गरिएको पोखरेलले बताए। ९० दिनको कार्यक्रमपछि गर्भवती र सुत्केरीलाई लक्षित गरेर काम गरिने उनको भनाइ छ।

प्रकाशित: Jul 18, 2021| 14:27 आइतबार, साउन ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।