शनिबार, असोज १७, २०८३

दीपक चौधरीको ‘पूर्वी एसियाको आँखीझ्याल’ सार्वजनिक

पूर्वी एसियाली मुलुकको आर्थिक-सामाजिक जनजीवनको चित्रण गरी लेखिएका लेखहरूको संकलन ‘पूर्वी एसियाको आँखीझ्याल’ सार्वजनिक भएको छ। 
 |  आइतबार, साउन ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३, २०७८

काठमाडौं- पूर्वी एसियाली मुलुकको आर्थिक-सामाजिक जनजीवनको चित्रण गरी लेखिएका लेखहरूको संकलन ‘पूर्वी एसियाको आँखीझ्याल’ सार्वजनिक भएको छ। 

आइतबार साहित्यकार रामदयाल राकेश, निबन्धकार दीपक सापकोटा, कवि निर्भीकजंग रायमाझी र लेखक दीपक चौधरीले पुस्तक सार्वजनिक गरेका हुन्।

पुस्तक ‘नियात्रा’ र ‘विकास एक विवेचना’ गरी दुई अध्यायमा विभाजन गरिएको छ। पहिलो अध्यायमा भ्रमणका रोचक संस्मरण तथा दोस्रोमा ती देशका आर्थिक-सामाजिक अवस्थाको चित्रण गर्दै लेखिएका विश्लेषणात्मक लेखहरू समेटिएका छन्। 

विद्यावारिधि शोध-अध्ययन गरिरहेका लेखक चौधरीका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा अनुसन्धानमुलक लेखहरू प्रकाशित छन्। यसअघि उनका ‘नेपालको मधेशी समाज’, ‘तराई-मधेश अफ नेपाल : एन्थ्रोपोलिजकल स्टडिज’ तथा ‘रुपान्तरण’ पुस्तक प्रकाशित भइसकेका छन्।

‘पूर्वी एसियाको आँखीझ्याल’ भने चौधरीले आफ्नो मलेसिया, सिंगापुर, भियतनाम, कम्बोडिया, थाइल्याण्ड र श्रीलंकाको यात्रालाई केन्द्रमा राखेर लेखेको पुस्तक हो। 

३९९ रुपैयाँ मूल्य रहेको पुस्तकमा २०८ पृष्ठ छन्। पुस्तकलाई ‘इन्डिगो-इन्क’ले प्रकाशन गरेको हो।

प्रकाशित: Jul 18, 2021| 11:55 आइतबार, साउन ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।