शनिबार, असोज १७, २०८३

रंगकर्मी वीरेन्द्र हमाल, क्रिकेटर सन्दीप लामिछानेलगायत ८ स्रष्टा सम्मानित 

लुनकरणदास गंगादेवी चौधरी साहित्य कला मन्दिरले विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ८ स्रष्टालाई सम्मानित गरेको छ।
 |  शनिबार, साउन २, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन २, २०७८

काठमाडौं- लुनकरणदास गंगादेवी चौधरी साहित्य कला मन्दिरले विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ८ स्रष्टालाई सम्मानित गरेको छ।

रंगकर्मी वीरेन्द्र हमाललाई ‘बालकृष्ण सम रंग सम्मान’, क्रिकेटर सन्दीप लामिछानेलाई ‘नेपाल नवप्रतिभा सम्मान’, राष्ट्रिय आविष्कार केन्द्रलाइ ‘गंगादेवी चौधरी स्मृति सम्मान,’ प्रध्यापक श्री चुणामणि रेग्मीलाई ‘सरस्वती गद्य सम्मान,’ प्रा.डा. विणा पौडेललाई ‘शिरोमणि आचार्य सोध सम्मान’ श्री विश्वमोहन श्रेष्ठलाई ‘गोपाल प्रसाद रिमाल काव्य सम्मान,’ वरिष्ठ कलाकार रागिनी उपाध्ययलाई ‘अरनिको ललितकला सम्मान’ र नन्दकृष्ण जोशीलाई ‘नारायणगोपाल संगीत सम्मान’ प्रदान गरिएको हो।

गङ्गादेवी चौधरी स्मृति सम्मान ताम्रपत्रका साथमा रु. १ लाख राशिको छ भने अन्य सबै सम्मानहरू ५१ हजार रुपैयाँ राशिको रहेको बताइएको छ। शनिबार काठमाडौंमा एक कार्यक्रम गरी श्रष्टाहरुको सम्मान गरिएको हो।

प्रकाशित: Jul 17, 2021| 15:16 शनिबार, साउन २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।