बुधबार, फागुन २७, २०८२

बिहारमा विषाक्त मदिराबाट १६ जनाको मृत्यु

भारतको बिहारमा विषाक्त मदिरा सेवनबाट १६ जनाको मृत्यु भएको छ।
 |  शनिबार, साउन २, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन २, २०७८

एजेन्सी- भारतको बिहारमा विषाक्त मदिरा सेवनबाट १६ जनाको मृत्यु भएको छ।

National life

भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार पछिल्ला केही दिनयता १६ जनाको रहस्यमय मृत्यु भएकाले विषाक्त मदिराबाट मृत्यु भएको अनुमान गरिएको हो।

बिहारको पश्चिमी चम्पारण जिल्ला प्रशासन कार्यालयबाट जारी भएको एक विज्ञप्तिअनुसार मृतकमध्ये ४ जनाको परिवारले मृत्यु भएका व्यक्तिले मृत्युअघि मदिरा सेवन गरेको बताएका छन्।

मृतकमध्ये २ जनाको परिवारले उनीहरु कुनै प्रकारको बिरामी रहेको जानकारी प्रशासन कार्यालयलाई दिएका छन्। बाँकी १० जनाको मृत्युको कारण स्पष्ट भइसकेको छैन। मृत्यु भएका सबै १६ जना बेतियाको लौरिया प्रहरी चौकी नजिकैको देउरवा गाउँका हुन्। ८ जनाको बिहीबार र बााकी आठ जनाको शुक्रबार मृत्यु भएको जनाइएको छ।

यसै शिलशिलामा विषाक्त मदिराका कारण बिरामी परेका एक पीडितको आधारमा प्रहरीले ५ जनालाई पक्राउ गरी एफआईआर दर्ता गरेको छ।

Laxmi sunrise bank
kumari

बिहारमा नीतिश कुमारको सरकारले २०१६ को अप्रिलदेखि देशभर मदिरा बिक्री र सेवन निषेध गरेको छ। 

बीबीसी हिन्दी

प्रकाशित: Jul 17, 2021| 14:48 शनिबार, साउन २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।