बुधबार, फागुन २७, २०८२

अफगानिस्तानलाई लिएर रुस अमेरिकासँग क्रुद्ध

केही समययता अफगानिस्तानमा बढ्दो अशान्तिलाई लिएर रुस अमेरिकासँग क्रुद्ध बनेको छ।
 |  शनिबार, साउन २, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन २, २०७८

एजेन्सी- केही समययता अफगानिस्तानमा बढ्दो अशान्तिलाई लिएर रुस अमेरिकासँग क्रुद्ध बनेको छ।

National life

अफगानिस्तानमा लगातार बिग्रँदो अवस्थाको जिम्मेवार अमेरिका रहेको रुसको आरोप छ। रुसले अमेरिका अफगानिस्तान मिशनमा असफल भएको र युद्धग्रस्त देशमा तीव्र रुपमा विग्रिएको स्थितिका लागि विदेशी सैनिकको फिर्ता मुख्य जिम्मेवार रहेको बताएको छ।

अमेरिकी र नेटो सैनिक फिर्तापछि तालिबान विद्रोहीले अफगानिस्तानका विभिन्न हिस्सामा लगातार कब्जा गरिरहेको छ। उक्त समूहले अफगानिस्तानका ८५ प्रतिशत क्षेत्र नियन्त्रणमा लिइसकेको दाबी गरेको छ।

रुसी विदेशमन्त्री सर्गेई लाभरोवले ह्वाईट हाउस सैनिक फिर्ताको विषयलाई जसरी बचाउ गरिरहे पनि अफगानिस्तानमा अमेरिकी मिशन असफल भएको बताए।

शुक्रबार अफगानिस्तानका राष्ट्रपति अशरफ घानीसँग उज्वेकिस्तानमा एक पत्रकार सम्मेलन गर्दै लाभरोवले अमेरिकामाथि निशाना ताकेका हुन्।

Laxmi sunrise bank
kumari

यसअघि पनि उनले हतारमा हुन लागेको अमेरिकी सैनिक फिर्ताको काम अफगानिस्तानको सुरक्षाका लागि घातक भएको बताएका थिए। उनले विदेशी सैनिकको फिर्तिले अफगानिस्तानमा अराजकता पैदा हुने यसअघि नै बताएका थिए।

प्रकाशित: Jul 17, 2021| 11:05 शनिबार, साउन २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।