शुक्रबार, वैशाख २१, २०८१

आमाको किरिया गर्न नगएका कर्ण जसले स्टेजमा आमाकै लागि गाए

गिरी स्टेजमा चढेपछि गाउँमा आमाले अन्तिम सास फेरिकी थिइन्। गायकीकै माध्यमबाट आमालाई काठमाडौंसम्म ल्याउने सपना अधुरै रह्यो कर्णको। भ्वाइस अफ नेपाल जितेर आमालाई पुरुस्कार थमाउने उनको सपना बिचैमा तुहियो।
 |  शनिबार, साउन २, २०७८

अंगद सिंह

अंगद सिंह

शनिबार, साउन २, २०७८

काठमाडौं- 
आमा भगवानको स्वरूप। आज मेरो भगवान मबाट टाढा जानु भयो। जानीनजानी कुनै गल्ती भएमा माफ गरिदिनु होला आमा। आशा छ, हजुरले माफ गरिदिनु हुनेछ। फेरि पनि अर्को जन्म पाएँ भने हजुरकै कोखबाट जन्मन चाहन्छु।

triton college

द भ्वाइस अफ नेपालको स्टेज चढेर आमाको ममता र टाढिएपछि उनले दिएका श्रद्धाञ्जलीका शब्द दर्शकका कान र आँखासम्म पुगिरहेका थिए। उनका शब्दले दर्शकका आँखा रसाए। 

भ्वाइस अफ नेपाल सिजन तीनको स्टेजमा 'मुटुमाथि ढुंगा राखेर' गाउन सुरु गरेका थिए, कर्णराज गिरीले। आमाले संसार छोड्दा गएपछिको पीडाले भक्कानिइरहेका थिए कर्ण। 

गिरी स्टेजमा चढेपछि गाउँमा आमाले अन्तिम सास फेरिकी थिइन्। गायकीकै माध्यमबाट आमालाई काठमाडौंसम्म ल्याउने सपना अधुरै रह्यो कर्णको। भ्वाइस अफ नेपाल जितेर आमालाई पुरुस्कार थमाउने उनको सपना बिचैमा तुहियो।

000

corrent noodles
Metro Mart

द भ्वाइस अफ नेपालको यात्रा अघि बढेपछि आमाले संसार छोडेपनि कर्णले भ्वाइसको स्टेज छोडेनन्। आमा बिरामी भएर अन्तिम अवस्थामा पुग्दा उनीसँग दुई विकल्प थिए- अन्तिम पटक आमाको मुहार हेर्ने वा भ्वाइस अफ नेपाल छाड्ने। उनले दोस्रो विकल्प छानेका थिए।

गायक गिरी (दायाँ) र उनकी आमा।

गायक बन्ने ठूलो सपना थियो कर्णको। सपना कर्णको मात्रै होइन छोरा गायक बनेको हेर्ने झनै ठूलो धोको थियो उनकी आमाको। आमाको सपना पूरा गर्नु थियो, र त उनले मुटु चिथोरिँदा पनि गाउन छाडेका थिएनन्। 

000

द भ्वाइस अफ नेपालको टप-११ का लागि प्रतिस्पर्धा चलिरहेको थियो। बीचमै आमाको देहान्त भयो। उनले आमाको सपना पूरा गर्ने लामो यात्रामा निस्केर द भ्वाइसको स्टेजसम्म पुगेका कर्ण आमाको अन्तिम संस्कारका लागि घर दौडेनन्। बरु आमालाई सम्झिँदै स्टेजमै भक्कानिए पटकपटक। उनले आमालाई समर्पित गर्दै आमाकै नाममा गीत गाए।

पिठ्युमा स्याउलाको भारी..
खाली गोडा के गरु बाटो..
गाउँबेसी गर्ने कुनै नारी भेट्यौ भने चिन्नु सोह्रै आना
तिनै हुन्, तिनै हुन् मेरी आमा।

भारी मन लिएर उनले गीत गाए। गीत गाउदै सबैतिर सन्नाटा छायो। माहोल भावुक भयो। भ्वाइस अफ नेपालका चारै जजलाई पनि त्यसले नछोइ रहेन। भावविह्वल बनायो। गीतमा उनी अघि बढिरहे। 

झिसमिसेमा खोज्दै जानु होलिन् पधेरीमा
घाम लाग्दा भाका हाल्दै घास पखेरीमा
दिनभरि चर्को घाम गर्ने मेलापात
सन्तानकै लागि आखिर एकै दिन रात

मनको वेदना संगीतका माध्यमबाट पोखिरहेका थिए कर्ण। आमाले संसार त्यागेर जादा कसलाई राम्रो लाग्छ र? तैपनि कर्णले हिम्मत हारेनन्। कर्णको भ्वाइस यात्रा नसकिँदै आमाको जीवनयात्रा समाप्त भएकाले विजेता बनेर आमालाई सरप्राइज दिने उनको सपना पूरा नहुने भएको छ। कर्णले गाएका हरेक शब्द शब्दमा पीडा छल्किएको थियो। 

गोठमा तुवाली गाइले बाछो सम्झी बाबा गरेपनि
छाती समाई भन्ने कठै बरी 
मेरा पनि भोकै होलान् साना
तिनै हुन्, तिनै हुन् मेरी आमा।
सोह्रै आना तिनै हुन्, तिनै हुन् मेरी आमा।।

आमाको निधनको पीडा कसलाई हुँदैन र? तर गायनका क्रममा उनको संगीतको सुरताल बिर्सिएनन् निरन्तर गाइरहे। अन्त्यमा होस्टले यसबीचका घटना सुनाउन आग्रह गर्दा उनले कुनै प्रतिक्रिया दिन सकेनन्। मात्रै भने- आमा। विषम परिस्थितिमा पनि उनको गायकीको प्रशंशा जज दीप श्रेष्ठले गरे। तृष्णा गुरुङ भक्कानिएर प्रतिक्रिया पूरा गर्न सकिनन्।

को हुन् कर्णराज?
कर्ण सर्लाही हजरीयाका स्थायी बासिन्दा हुन्। पेसाले उनी ट्याक्सी चालक हुन्। भ्वाइस अफ नेपालको यात्रा थाल्नुअघि उनी फाट्टफुट्ट गीत गाउने गर्दथे। ट्याक्सी चलाएर गुजारा गरिरहेका उनी संगीत सिकिरहेका थिए। 

भ्वाइस अफ नेपालको स्टेजमा ट्याक्सी सर्भिस लेखिएको ज्याकेट लगाएर प्रवेश गरेपछि उनको परिचय फेरियो। दायरा फराकिलो बन्यो। 

कर्ण ब्लाइन्ड अडिसन दिन पुगेकबा बेला उनी आमा आइसियूसमा मृत्युसँग लडिरहेकी थिइन्। भ्वाइस यात्रामा कर्ण स्टेजमा थिए, आमा भेन्टिलेटरमा। कर्ण भ्वाइसको टप ११ मा पुग्नुअघि नै आमाले छाडेर गएकी हुन्। 

काठमाडौंमा आमाको उपचार हुन नसकेपछि उनले आमालाई गाउँ लगेर आफू काठमाडौँ आएका थिए। शुक्रबार उनले आमासँग कुराकानी गरेका थिए। त्यही कुराकानी अन्तिम भइदियो। कर्ण डेढ वर्षको हुँदा बुबाको मृत्यु भएको थियो। उनको संसार आमाले थामेकी थिइन्।

अहिले उनी जितका लागि भोट मागिरहेका छन्। भ्वाइस यात्रामा उनी टप-११ मा प्रवेश गरेका छन्। 

प्रकाशित: Jul 17, 2021| 10:19 शनिबार, साउन २, २०७८
प्रतिक्रिया दिनुहोस्