आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • फेसबुकको गलत सूचनाले मान्छेको ज्यान लिइरहेको छ : राष्ट्रपति बाइडेन

फेसबुकको गलत सूचनाले मान्छेको ज्यान लिइरहेको छ : राष्ट्रपति बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले सामाजिक सञ्जालमार्फत फैलियरहेका गलत सूचनाले मानिसहरूको ज्यान लिइरहेको बताएका छन्।
 |  शनिबार, साउन २, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन २, २०७८

अमेरिकी राष्ट्रपति जो बाइडेनले सामाजिक सञ्जालमार्फत फैलियरहेका गलत सूचनाले मानिसहरूको ज्यान लिइरहेको बताएका छन्।

National life

नागरिकले कोरोनाविरुद्धको खोप लिन आनाकानी गरिरहेका बेला सामाजिक सञ्जालमार्फत फैलिरहेका अफवाह र गलत सूचनाले मानिसले ज्यान गुमाउनु परेको उनले गुनासो गरेका हुन्।

‘सामाजिक सञ्जालमा आएको गलत सूचनाका कारण कतिपयले ज्यान गुमकाउनु परिरहेको छ, अहिले धेरै संक्रमित खोप नलाउनेहरू भइरहेका छन्,’बाइडेनले भनेका छन्।

पत्रकारले खोपसम्बन्धि गलत सूचना प्रवाह गर्नका साथै फेसबुकसहित सामाजिक सञ्जालको भूमिकालाई लिएर बाइडेनले यस्तो बताएका हुन्।
राष्ट्रपति कार्यालय ह्वाइट हाउसले सर्वसाधारणलाई गलत सूचनाबाट बचाउन सामाजिक सञ्जालमाथि दबाब र नियन्त्रण गर्ने बताएको छ।

फेसबुकले पनि स्वास्थ्य र खोप सम्बन्धि गलत सूचनालाई परास्त गर्नका लागि आक्रमामक रुपमा काम गरिरहेको बताएको छ।

अमेरिकामा पछिल्लो समय कोरोना भाइरसुका संक्रमित बढ्दै गइरहेका छन्। बाइडेनले अमेरिकामा ज्यान गुमाएकाहरूमा असधकांश खोप नलगाएकाहरू रहेको जनाएका छन्।

प्रकाशित: Jul 17, 2021| 02:56 शनिबार, साउन २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।