बुधबार, फागुन २७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • चीनमा कोरोना खोप नलगाएकालाई स्कुल, अस्पताल र सार्वजनिक स्थानमा प्रवेश निषेध

चीनमा कोरोना खोप नलगाएकालाई स्कुल, अस्पताल र सार्वजनिक स्थानमा प्रवेश निषेध

चीनले कोरोनाविरुद्धको खोप नलगाएका सर्वसाधारणलाई सार्वजनिक स्थान, स्कुल र अन्य सभा समारोहमा उपस्थित हुन नदिने भएको छ।
 |  शनिबार, साउन २, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन २, २०७८

चीनले कोरोनाविरुद्धको खोप नलगाएका सर्वसाधारणलाई सार्वजनिक स्थान, स्कुल र अन्य सभा समारोहमा उपस्थित हुन नदिने भएको छ।

National life

कोरोना महामारी नियन्त्रण तथा रोकथामकको एक मात्रै विकल्प कोरोविरुद्धको खोप भएकाले यससबाट बच्नका लागि चीनले यस्तो नीति ल्याएको हो।

चीनले भाइरसबाट बच्नका लागि भन्दै ८० प्रतिशत नागरिकलाई खोप लगाउने योजना अघि सारेको छ। यसै योजना अनुसार उसले आफ्ना नागरिकललाई खोप लगाउन आग्रह गरेको हो।

कोरोना खोप नलगाएकाहरूलाई स्कुल, सार्वजनिक पार्क, अस्पताल र अन्य स्थानमा प्रवेश निषेध गरिने भन्दै चीन सरकारले सूचनासमेत जारी गरेको छ।

चीनले गतसाता मात्रै आठवटा प्रदेशमा सूचना जारी गर्दै सबैलाई खोप लगाउन आग्रह गरेको थियो। उनीहरूलाई जुलाई अन्तिमसम्म र अगस्ट महिनाको सुरुमै खोप लगाइसक्न अनुरोध गरेको थियो।

Laxmi sunrise bank
kumari

‘महामारीबाट बाच्ने र बचाउने हामी सबैको दायित्व हो। सबैले खोप लगाऔं,’ जारी सूचनामा लेखिएको छ। चीनले यसैसाता जिआनछी प्रदेशमा रहेका २ लाख २० हजार जनसंख्या रहेको प्रदेशबासीलाई खोप लगाउन आग्रह गर्दै सूचना जारी गरेको छ।

कोरोनाविरुद्धको खोप नलगाउने सर्वसाधारणलाई जुलाई अन्तिमबाट सुरु हुने स्कुल, सार्वजनिक संस्थान, स्वास्थ्य सेवा र सार्वजनिक यातायात प्रयोग गर्न नपाउने चेतावनी दिइएको छ।

चीन सरकारले खोपलाई बढावा दिन यस्तो गरिरहनु परेको जनाएको छ। चीनले डिसेम्बरसम्म ८५ प्रतिशत जनसंख्यालाई खोप दिइसक्ने घोषणा गरेको छ।

डिसेम्बर अन्त्यसम्मा चीनले एक अर्ब जनसंस्ख्यालाई खोप लगाइसक्ने बताएको छ। अहिले चीनले प्रतिदिन करिब १ करोड सर्वसाधारण लाई खोप लगाइरहेको सिएनएनले उल्लेख गरेको छ। यद्दपी यसका दुवै डोज पुरा गरेको संख्या हो या एक डोज लगाउनेको संख्या मात्रै हो खुलाइएको छैन।

प्रकाशित: Jul 17, 2021| 01:23 शनिबार, साउन २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।