शुक्रबार, साउन ८, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • पश्चिम युरोप बाढी : मृतक संख्या १२० पुग्यो, १३ सय भन्दा बढी बेपत्ता

पश्चिम युरोप बाढी : मृतक संख्या १२० पुग्यो, १३ सय भन्दा बढी बेपत्ता

भीषण बाढीका कारण पश्चिम युरोपमा ज्यान गुमाउनेको संख्या १ सय २० जना पुगेको छ।
 |  शनिबार, साउन २, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन २, २०७८

भीषण बाढीका कारण पश्चिम युरोपमा ज्यान गुमाउनेको संख्या १ सय २० जना पुगेको छ।

बिहीबार जर्मनीमा आएको भीषण बाढीमा परि करिब १ सय भन्दा बढीको ज्यान गएको छ भने १ हजार ३ सय भन्दा बढी बेपत्ता भएका छन्।

जर्मनीसँगै बेल्जियममा बाढीका कारण २० जनाको मृत्यु भएको छ। त्यस्तै बाढीबाट नेदरल्याण्ड्स, लक्जेम्बर्ग र स्वीट्जरल्याण्डसमेत प्रभावित बनेका छन्।

जलवायु परिवर्तनका कारण पश्चिम युरोपमा भीषण बाढी आएको अुनमान गरिएको छ। एम महिनामा पर्ने पानी करिब ९ दिनभित्र परेको त्यहाका मौसम विभागले जनाएको छ। जर्मनीमा ९ घण्टाको अवधिमा १ सय ५० मिलिलिटरदेखि २ सय मिलिलिटरसम्म पानी परेको छ।

बाढीले भौतिक संरचना तहसनहस गर्नुका साथै सयौं घर बगाएको छ। बाढीमा परी ज्यान गुमाउने र बेपत्ता भएकाहरूको संख्या बढ्दै गएपछि जर्मनीले करिब १ हजार ५ सय सैनिकलाई राहात र उद्दारमा खटाएको छ। उक्त टोलीले अहिले पनि उद्दार र राहतको काम गरिरहेको छ। बीबीसी

प्रकाशित: Jul 17, 2021| 00:58 शनिबार, साउन २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।