मंगलबार, असार २३, २०८३

महिला भलिबलको एसियन च्याम्पियनसिपमा समेटिएन नेपाल

फिलिपिन्समा आयोजना हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिमा नेपाल बाहिर भएको छ।
 |  शुक्रबार, साउन १, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १, २०७८

काठमाडौं- फिलिपिन्समा आयोजना हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिमा नेपाल बाहिर भएको छ। एसियन भलिबल कन्फेडेरेसन (एभीसी)ले नेपाललाई प्रतियोगिताबाट बाहिर राख्दै खेल तालिका सार्वजनिक गरेपछि नेपालको प्रतियोगितामा सहभागिता समाप्त भएको हो।

यता एसियन च्याम्पियनसिपको तयारीका लागि भन्दै नेपाल भलिबल संघ (एनभीए)ले गएको असार सुरुदेखि नै खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो। उसले प्ररम्भिक चरणमा बोलाएका खेलाडीबाट केही पहिलो चरणको खेलाडी छनोट पनि गरिसकेको थियो।

एक महिनाबाट चलिरहेको बन्द प्रशिक्षणमा अहिले १८ खेलाडी अभ्यासरत छन्। अब उनीहरुले शनिबारबाट बन्द प्रशिक्षण छोड्नेछन्। एभीसीले शुक्रबार एक सूचना सार्वजनिक गर्दै प्रतियोगितामा आठ टिमको मात्र सहभागिता निश्चित गरेको छ।

च्याम्पियनसिपमा आठ टिमलाई समान ४-४ टिमको दुई समूहमा विभाजन गरिएको छ। जहाँ फिलिपिन्स, काजकस्तान, चाइनिज ताइपेई र उज्वेकिस्तान पोल ए मा छन् भने थाइल्यान्ड, कोरिया, इरान र अष्ट्रेलिया पोल बीमा छन्। नेपालसँगै कोभिडको महामारीले प्रभावित भएको इन्डिया पनि प्रतियोगिता खेल्नबाट बञ्चित भएको छ।

नेपालले पहिलोपटक च्याम्पियनसिपमा सहभागिता जनाउने निश्चित भएको थियो। च्याम्पियनसिप अगस्ट २९ देखि सेप्टेम्बर ५ सम्म हुनेछ।

प्रकाशित: Jul 16, 2021| 15:02 शुक्रबार, साउन १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।