मंगलबार, माघ ६, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • टी–२० विश्वकप : सुपर १२ मा प्रतिस्पर्धा गर्दै भारत र पाकिस्तान

टी–२० विश्वकप : सुपर १२ मा प्रतिस्पर्धा गर्दै भारत र पाकिस्तान

यी दुवै टिमले पछिल्लो पटक २०१९ को विश्वकपमा आपसमा प्रतिस्पर्धा गरेका थिए। त्यसको दुई वर्षपछि अहिले पुनः आपसी भिडन्त हुन लागेको हो। 
 |  शुक्रबार, साउन १, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १, २०७८

काठमाडौं- आईसीसी टी–२० विश्वकपको सुपर-१२ मा भारतले पाकिस्तानको सामना गर्ने भएको छ। यूएई र ओमनमा आगामी अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म हुन लागेको विश्वकपमा इन्डियाले सुपर-१२ मै पाकिस्तानसँग भिड्ने निश्चित भएको हो।

National life

यी दुवै टिमले पछिल्लो पटक २०१९ को विश्वकपमा आपसमा प्रतिस्पर्धा गरेका थिए। त्यसको दुई वर्षपछि अहिले पुनः आपसी भिडन्त हुन लागेको हो। 

शुक्रबार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले विश्वकपको पहिलो चरण र सुपर-१२ को खेलतालिका सार्वजनिक गरेको हो। कोरोनाभाइरसको महामारीको कारण खेल प्रभावित भएपछि यो आईसीसीको पहिलो विश्वस्तरीय प्रतियोगिता हो। यता टेस्ट फर्म्याटको विश्व टेस्ट च्याम्पियनसिपमा इन्डिया र न्युजिल्यान्डले गत महिना साउथह्याम्टनमा प्रतिस्पर्धा गरेका थिए।

विश्वकपको पहिलो चरणमा सहभागी हुने टिमहरुलाई दुई समूहमा विभाजन गरिएको छ। त्यसको समूह 'ए'मा श्रीलंका, आयरल्यान्ड, नेदरल्यान्ड र नामिबिया छन्। त्यस्तै समूह 'बी'मा बंगलादेश, स्कटल्यान्ड, पपुवा न्यु गिनी र ओमन रहेका छन्। दुवै समूहका शीर्ष दुई टिमले सुपर १२ मा प्रतिस्पर्धा गर्नेछन्।

सुपर १२ का ८ टिम यसअघि नै छनोट भइसकेका छन्। विश्वकपमा सुपर १२ का टिमलाई दुई पोलमा बाँडिएको छ भने पाकिस्तान र भारत पोल २ मा छन्।

Laxmi sunrise bank
kumari

यसअघि प्रतियोगिता अस्ट्रेलियामा आयोजना गरिने तयारी गरिएको थिइ। त्यसबेला खेलतालिकामा पाकिस्तान र  भारत छुट्टाछुटै समूहमा थिए। त्यतिबेला ती दुई टिम विश्व वरीयताको पहिलो र दोस्रो नम्बरमा थिए।

पोल-१ : वेस्ट इन्डिज, इंग्ल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका र छनोट भएका दुई टिम (समूह 'बी'को दोस्रो र 'ए'को पहिलो)

पोल-२ : भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, र छनोट भएका दुई टिम('बी'को पहिलो र 'ए'को दोस्रो)

प्रकाशित: Jul 16, 2021| 13:40 शुक्रबार, साउन १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।