आइतबार, वैशाख ७, २०८२

देउवा सरकारलाई विश्वासको मत नदिने एमालेको निर्णय

नेकपा एमालेले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई समर्थन नगर्ने निर्णय गरेको छ। एमाले स्थायी कमिटीको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। 
 |  शुक्रबार, साउन १, २०७८
nespernesper

बीपी अनमोल

बीपी अनमोल

शुक्रबार, साउन १, २०७८

vianetvianet

काठमाडौं–  नेकपा एमालेले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई समर्थन नगर्ने निर्णय गरेको छ। एमाले स्थायी कमिटीको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।  बैठकले सरकारलाई विश्वासको मत पनि नदिने निर्णय गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। 

triton college

ज्ञवालीले भने, ‘अलोकतान्त्रिक र अस्वस्थ विधिबाट गठित सरकारलाई समर्थन नगर्ने र विश्वासको मत नदिने निर्णय भएको छ। पार्टीका सबै प्रतिनिधिसभा सदस्यहरुलाई निर्णयको पालना गर्न निर्देशनसमेत दिइएको छ।’ प्रवक्ता प्रदीप ज्ञवालीले सरकारलाई विश्वासको मत दिने कुरा सोच्न पनि नसकिने बताए। एमाले सशक्त प्रतिपक्षका रूपमा रहने र अदालतको आदेशबमोजिम विश्वासको मतमा मतदान गर्नेहरूको निर्णय व्यक्तिगत हुने बताए।

‘कोही साथीहरु सरकारको पक्षमा उभिनुहुन्छ भने उहाँहरु जान सक्नुहुन्छ। तर पार्टीले सबै प्रतिनधिसिभा सदस्यलाई विश्वासको मत नदिन निर्देशन गरेको छ।’

उनले भने, ‘कोही साथीहरु सरकारको पक्षमा उभिनुहुन्छ भने उहाँहरु जान सक्नुहुन्छ। तर पार्टीले सबै प्रतिनधिसिभा सदस्यलाई विश्वासको मत नदिन निर्देशन गरेको छ।’

बैठकले पार्टीभित्रको विवाद समाधान गर्न गठित कार्यदलले बुझाएको दसबुँदे सहमति अनुमोदन गर्दै कार्यदल विघटन गर्ने निर्णय भएको ज्ञवालीले बताए। एमालेले सर्वोच्च अदालतको परमादेशबाट बनेको सरकारको जनमतमा वैधानिकता नरहेको ठहर गरेको छ।

National life insurance

सम्बन्धित समाचार-

एमाले स्थायी कमिटी बैठकले गर्‍यो दस सदस्यीय कार्यदल विघटन

नेपाल पक्षले स्थायी कमिटी बैठक रोक्न गरेको आग्रह ओलीद्वारा अस्वीकार

 

 

प्रकाशित: Jul 16, 2021| 08:25 शुक्रबार, साउन १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।