शुक्रबार, कात्तिक २८, २०८२

म र आकाशबीच प्रेम छैन, जीवनमा अर्कै कोही आएको छ : पूजा शर्मा 

अभिनेत्री पूजा शर्मा प्रेम सम्बन्धका कारण सधैं चर्चामा आइरहिन्छन्।
 |  शुक्रबार, साउन १, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १, २०७८

काठमाडौं- अभिनेत्री पूजा शर्मा प्रेम सम्बन्धका कारण सधैं चर्चामा आइरहिन्छन्। निर्देशक सुर्दशन थापाको फिल्ममा निरन्तर सहकार्य गर्दै आइरहेकी उनी लामो समय थापासँगको सम्बन्धका कारण चर्चामा आइन्। फिल्म वृत्तमा यी दुईको अफेयर चर्चा खुब चल्यो। तर, दुवैले एकअर्कालाई ‘मिल्ने साथी’मात्रै बताए। 

National life

दुई वर्षयता पूजाको चर्चा उनकै को-एक्टर आकाश श्रेष्ठसँग हुन थालेको छ। फिल्म ‘रामकहानी’मा जोडी बनेर काम गरेपछि उनीहरूको सम्बन्ध गहिरो बनेको थियो। त्यसपछि यी दुईले लगातार पाँच चलचित्रमा एक साथमा काम गरे। थुप्रै म्यूजिक भिडियोमा सहकार्य गरे। उनीहरूको गहिरो निकटताले बजारमा प्रेमको नाम पायो। 

लकडाउनको समयमा दुवैले इन्स्टाग्राममा एकअर्कालाई भेट्न नपाउँदा ‘मिस’ गरेको स्टाटस पनि राखे। यस्तायस्तै व्यवहारका कारण उनीहरूको अफेयर चर्चा झन् चुलिँदै गयो। उनीहरूका फोटोमा अधिकांश प्रशंसकहरूले ‘क्यूट जोडी’ भन्दै कमेन्ट गरिरहेका हुन्छन्। तर, जबजब उनीहरूको अफेयरबारे प्रश्न उठ्छ, उनीहरू सधैं घुमाउरो जवाफ दिँदै पन्छिने गर्छन्। एकपटक यस्तै जिज्ञासामा आकाशले त ‘म र पूजाबीच साथी-साथीको प्रेम छ’ भन्ने जवाफ दिएका थिए।

 

Laxmi sunrise bank
kumari

हालै अभिनेत्री प्रियंका कार्कीले आफ्नो युट्युब कार्यक्रम ‘चपचप डायरिज’मा पूजालाई अतिथि बनाएकी थिइन्। यो कार्यक्रममा पूजाले आफू आकाशसँग नभएर अर्कै केटासँग प्रेममा रहेको संकेत गरेकी छन्। कार्यक्रममा सोसियल मिडियामार्फत एक फ्यानले पूजासँग ‘कसम सिंगल हो?’ भनेर जिज्ञासा राख्छन्। जवाफमा उनले भन्छिन्, ‘सिंगल नभनिहालुम्। मेरो जीवनमा कोही आएको छ र उसलाई बुझ्दै छु। तर, त्यो व्यक्ति आकाश होइन।’

कार्यक्रममा उनले इन्स्टाग्राममा आकाशसँगको फोटो नराख्दा समर्थकहरूले ब्रेकअपको हल्ला चलाइदिने गरेको पूजाको गुनासो थियो। ‘तर, भित्रभित्र हाम्रो सम्बन्ध त्यस्तो भएको हुँदैन,’ उनले भनेकी छन्। 

पूजाले सोही कार्यक्रममा आफूले अर्को वर्षभित्र बिहे गर्ने तयारी रहेको समेत खुलाइन्। ‘जीवनमा नयाँ मान्छे आएर बिहे गर्न लागेको चाहिँ होइन। अब बेला पनि भयो। करिअर पनि राम्रो भयो, सोचेका कुरा पनि भए। अब परिवार अगाडि बढाउनुपर्छ भन्ने भएर हो,’ उनले भनेकी छन्।

प्रकाशित: Jul 16, 2021| 06:45 शुक्रबार, साउन १, २०७८
प्रतिक्रिया दिनुहोस्