मंगलबार, असार २३, २०८३

१० वर्ष बायर्नमा खेलेका रोब्बिनले लिए फुटबलबाट संन्यास

१० वर्ष बायर्न म्युनिखमा खेलेका डच फुटबलर अर्जेन रोब्बिनले फुटबलबाट संन्यास लिएका छन्।
 |  बिहीबार, असार ३१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३१, २०७८

काठमाडौं- १० वर्ष बायर्न म्युनिखमा खेलेका डच फुटबलर अर्जेन रोब्बिनले फुटबलबाट संन्यास लिएका छन्। उनले सामाजिक सञ्जालमा एक सूचना पोस्ट गर्दै संन्यासको घोषणा गरेका हुन्।

‘फुटबल मन पराउने साथीहरु, मैले खेल जीवन अन्त्य गर्ने निर्णय लिएको छु। यो निकै अप्ठ्यारो निर्णय थियो। मेरो समर्थनका लागि म सबैलाई धन्यवाद दिन चहान्छु’, उनले लेखेका छन्।

एक दशक बायर्नमा विताएका रोब्बिनले त्यसअघि दुई वर्ष रियल मड्रिडमा र तीन वर्ष चेल्सीमा विताएका थिए।
उनले २१ औं शताब्दीको पहिलो वर्ष डच फुटबल क्लब ग्रोनिन्गेनबाट सिनियर टिममा डेब्यू गरेका थिए। त्यसपछि पीएसभी हुँदै उनी २००४ मा चेल्सी पुगेका थिए।

नेदरल्याण्डको राष्ट्रिय टिम २०१८ को विश्वपका लागि छनोट हुन नसकेपछि २०१७ मा उनले अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिएका थिए। २००३ बाट राष्ट्रिय टिमको यात्रा थालेका उनले ९६ क्याप जितेको थिए। र, उनी नेदरल्याण्डका आफ्नो समयका सबैभन्दा उत्कृष्ट विंगर थिए।

उनले राष्ट्रिय टिमबाट ३७ गोल गरेका छन्। उनी गति, ड्रिबलिङ र बल नियन्त्रणमा निकै माहिर खेलाडी थिए।

प्रकाशित: Jul 15, 2021| 13:52 बिहीबार, असार ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।