मंगलबार, माघ ६, २०८२

टोक्यो ओलम्पिकमा जानेलाई राष्ट्रपतिले गरिन् बिदाइ

टोक्यो ओलम्पिक २०२० मा सहभागी हुने नेपाली खेलाडी, प्रशिक्षक र अफिसियलसहितको टिमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिदाइ गरेकी छन्। 
 |  बिहीबार, असार ३१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३१, २०७८

काठमाडौं- टोक्यो ओलम्पिक २०२० मा सहभागी हुने नेपाली खेलाडी, प्रशिक्षक र अफिसियलसहितको टिमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिदाइ गरेकी छन्। 

National life

२३ जुलाईमा सुरु हुने ओलम्पिकमा पाँच नेपाली खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। नेपालबाट पौडीमा एलेक्स शाह र गौरिका सिंह सहभागी बन्नेछन्। शाह र सिंह भने प्रशिक्षकसहित जापान पुगिसकेका छन्। 

उनीहरु पहिलो चरणमा नै जापान प्रस्थान गरेका थिए। त्यसबाहेकको टिमलाई भने राष्ट्रपति भण्डारीले बिदाइ गरेकी हुन्। ओलम्पिकमा जुडोकी सोनिया भट्ट, सुटिङकी कल्पना परियार र एथ्लटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्नेछन्।

जुडो प्रशिक्षक सूर्यनारायण श्रेष्ठ तथा सुटिङ प्रशिक्षक असिम यादव तथा राखेप सदस्य सचिव रमेश कुमार सिलवाल टोक्यो जानेछन्। टोक्यो ओलम्पिकमा पाँच खेलाडी, प्रशिक्षक र पदाधिकारीसहित नेपालको भ्रमण टोलीमा २६ जना सहभागी हुनेछन्।

प्रकाशित: Jul 15, 2021| 13:47 बिहीबार, असार ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।