शुक्रबार, वैशाख २८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • विप्लव समूहको जोड जनमत संग्रहमा, नेता बास्तोला भन्छन्– शासन प्रणाली नफेरेसम्म मुलुकले निकास पाउँदैन

विप्लव समूहको जोड जनमत संग्रहमा, नेता बास्तोला भन्छन्– शासन प्रणाली नफेरेसम्म मुलुकले निकास पाउँदैन

पछिल्लो समय अन्य राजनीतिक दलका नेताहरूसँग संवाद पनि गरिरहेको छ। यसै विषयमा नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलासँग हामीले संक्षिप्त कुराकानी गरेका छौं।
 |  बिहीबार, असार ३१, २०७८

बीपी अनमोल

बीपी अनमोल

बिहीबार, असार ३१, २०७८

नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी प्रतिबन्ध फुकुवापछि खुला राजनीतिमा आएको एक चार महिना बितिसकेको छ। बृहत् कम्युनिष्ट एकता र अहिलेको व्यवस्थाले मुलुकलाई निकास नदिने भन्दै यो पार्टीले आफ्नो राजनीतिक कार्यदिशा अघि सारेको छ।

triton college

पछिल्लो समय अन्य राजनीतिक दलका नेताहरूसँग संवाद पनि गरिरहेको छ। यसै विषयमा नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलासँग हामीले संक्षिप्त कुराकानी गरेका छौं।

पछिल्लो समय राजनीतिक भेटवार्ता बाक्लिएको छ। यसलाई कसरी बुझ्ने?

हामीले सबै पार्टीहरूसँग छलफल गर्ने हो। देशको राजनीतिक समस्या समाधानका निम्ति छलफल चलाउने नै हो। त्यसैले हाम्रो भेटघाट भएको हो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भएको भेटवार्तामा माओवादी एक ठाउँमा आउन सक्ने विषयमा पनि छलफल भएको हो?

corrent noodles
Metro Mart

उहाँसँगको छलफल त अघिल्लो सरकारसँग भएको तीन बुँदे सहमतिका विषयमा केन्द्रित थियो। हाम्रो पार्टीको नीति भनेको बृहत् कम्युनिष्ट एकता बनाउनुपर्छ भन्ने हो। संसदीय प्रणालीभन्दा माथि उठेर मात्रै यो सम्भव छ। यसबारे नै अब हाम्रो छलफल र संवाद अघि बढ्छ।

बृहत् कम्युनिष्ट एकता सम्भव छ?

भावनाका हिसाबले हामीले जे भन्दै आएका छौं, त्यही नेताहरुले पनि बोलेको सुनिन्छ। तर, त्यसको धर्तीमा त टेक्नुपर्यो नि त। त्यसपछि कसले कति गर्छ भन्ने कुरा त छलफलका क्रममा नै प्रष्ट हुन्छ।

सरकारसँग भएका सहमति कार्यान्वयनमा त ढिलाइ भइरहेको छ नि होइन?

हो, त्यसमा केही ढिलाइ भएको छ। हामीले प्रचण्ड र माधव नेपालसँगको भेटमा त्यो कुरा गरेका छौं। सहमति यसअघिको सरकारसँग गरेका हौं। सरकारले ती सहमति एक दुई हप्तामा नै कार्यान्वयन गर्नुपर्थ्यो। केपी ओलीजीको सरकारले चाहेको भएदेखि यत्रो चार महिना लाग्नुपर्ने थिएन। पार्टीमाथिको प्रतिबन्ध खारेज गरेर ८–१० जना साथीहरुलाई सरकारले छोड्ने बाहेकका अरु सहमति कार्यान्वयन हुन सकेको छैन। सरकारले गरेको सहमतिलाई अहिलेको सरकारले कार्यान्वयन गरोस् भन्ने हाम्रो भनाइ हो।

अन्य दलहरुबीच कुरा मिले तपाईंहरु चुनावमा जानुहुन्छ?

हामीले चुनाव गराऊ भनिरहेका छौं। तर, देशलाई अस्थिरता, भ्रष्टाचार, तस्करी, पराधिनतामा राखेर यही प्रकारको राजनीतिक प्रणालीभित्र गरिने चुनावको कुनै अर्थ छैन। त्यस कारणले यसबाट बाहिर निकालेर नयाँ प्रकारको समाज निर्माण गर्न चुनावमा जाउँ भनिरहेका छौं। त्यो भनेको जनतालाई वैज्ञानिक समाजवाद रोज्ने र जनमत संग्रहमा जाउँ भन्ने हो। पहिले जनमत संग्रहमा गएर राजनीतिक प्रणाली स्पष्ट गरौं र त्यसपछि चुनावका कुराहरु होलान् भनेका छौं।

जनमत संग्रह हुने परिस्थिति निर्माण होला भन्ने लाग्छ?

अहिलको संविधान पूरै फेल भइसकेको छ। राजनीतिक प्रणाली फेल भएको छ। यसभित्र सबै संसदवादी पार्टीहरु छटपटाइरहेको स्थिति छ। उहाँहरुले कुनै प्रकारको राजनीतिक निकास दिन सक्ने स्थिति छैन। त्यसो भइसकेपछि यो प्रणालीबाट कुनै निकास निस्किँदैन। यसबाट निस्कने भनेको अहिले चलिरहेकै अस्थिरता, गरिबी, बेरोजगारी, भ्रष्टाचार लगायत नै हो। यो भन्दा अर्को त केही हुँदैन।

त्यसैले राजनीतिक प्रणाली बदलेर त्यसबाट जस्तो आउँछ, त्यसपछि अघि बढौं। किनभने समाजले एउटा नयाँ कोर्स समात्छ त्यसबाट नै निकास आउने हो। यो कुरा सम्भव छ भन्ने नै हाम्रो भनाइ हो। अहिले जे छ त्यसले शान्ति, समृद्धि र स्थिरता दिन सक्ने अवस्था नै छैन। यसमा अन्य दलहरुले सोच्नुपर्ने बेला आएको छ।

पछिल्लोपटक दुईपटक संसद विघटन हुनुको कारण यही हो त?

हो। यो जुन व्यवस्था छ नि, यसकै कमजोरीका कारण यस्तो अवस्था आएको हो। केही व्यक्तिका समस्या पनि होलान् तर, सारमा व्यवस्था नै कमजोर भएर भएको हो। यो व्यवस्थाले यही दृष्चक्रलाई निरन्तरता दिने मात्रै काम गर्ने हो। हाम्रो निष्कर्ष पनि यही हो। 

प्रकाशित: Jul 15, 2021| 08:55 बिहीबार, असार ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।