शुक्रबार, जेठ १, २०८३

पाँच किशोरीमाथि सामुहिक बलात्कार, धर्मगुरु पनि संलग्न

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
भारतको झारखण्ड प्रदेशको खुँटीमा पाँच युवतीमाथि सामुहिक बलात्कार भएको छ । बलात्कारको घटनामा धार्मिक प्रचारका लागि खोलिएको एक विद्यालयका गुरुको पनि संलग्नता रहेको पाइएको छ ।

खुँटी प्रहरीका प्रमुख अश्विनी सिंहका अनुसार खुँटीको एक गैर सरकारी संस्थामा काम गर्ने पाँच किशोरीमाथि सामुहिक बलात्कार भएको हो । घटनामा संलग्न भएको आरोपमा धार्मिक गुरुसहित सातजनालाई नियन्त्रणमा लिएर मुद्दा दायर गरिएको प्रहरी प्रमुख सिंहले जानकारी दिए ।

प्रहरीले घटनामा संलग्न एक आरोपीको तस्बिर सार्वजनिक गरेको छ । तस्बिर सार्वजनिक गरिएका व्यक्तिको सूचना दिने व्यक्तिलाई पचास हजार भारतीय रुपैयाँ पुरस्कार दिने प्रहरीको घोषणा छ ।

घटनास्थल झारखण्डको राजधानी राँचीदेखि करिब ८० किलोमिटर टाढा कोचांगा गाउँ हो ।

‘आशा किरण’ नामक गैर सरकारी संस्थाका प्रतिनिधिहरु मानव तस्करीको विरुद्ध जनचेतनामुलक अभियानसहितको सडक नाटक लिएर कोचांगा पुगेका थिए ।

अभियानकै क्रममा धार्मिक प्रचारक स्कुलमा पुगेका किशोरीलाई मोटरसाइकलमा सवार केही व्यक्तिले अपहरण गरेका थिए । किशोरीका साथमा रहेका पुरुषहरुलाई कुटपिट गरेरका उनीहरुले पाँच किशोरीलाई नजिकैको जंगलमा लगेर सामुहिक बलात्कार गरेका थिए ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।