शुक्रबार, फागुन १५, २०८२
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश २ को प्रचार शैली : बोर्ड–बोर्डमा मुख्यमन्त्री

प्रदेश २ को प्रचार शैली : बोर्ड–बोर्डमा मुख्यमन्त्री

प्रदेश २ को अधिकांश भाग भारतको बिहार राज्यसँग सीमा जोडिएको छ। बिहार प्रवेश गरेलगत्तै त्यहाँका नेताहरुको चित्र अंकित ठूल्ठूला होर्डिङ बोर्ड देख्न पाइन्छ। त्यहाँकै नेताको सिको नेपालको प्रदेश २ सरकारले पनि गरेको छ।
 |  बुधबार, असार ३०, २०७८

जयन्त ठाकुर

जयन्त ठाकुर

बुधबार, असार ३०, २०७८

जनकपुरधाम– प्रदेश २ को अधिकांश भाग भारतको बिहार राज्यसँग सीमा जोडिएको छ। बिहार प्रवेश गरेलगत्तै त्यहाँका नेताहरुको चित्र अंकित ठूल्ठूला होर्डिङ बोर्ड देख्न पाइन्छ। त्यहाँकै नेताको सिको नेपालको प्रदेश २ सरकारले पनि गरेको छ।

National life

प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुका चित्र अंकित ठूला होर्डिङ बोर्ड प्रदेशका विभिन्न ठाउँमा लगाएको छ। बोर्डमा प्रदेश सरकारका केही महत्वाकांक्षी योजनाहरुको स्लोगन लेखिएको छ भने स्लोगनको छेउमै मन्त्रीहरु तथा मुख्यमन्त्रीको ठूलो तस्बिर अंकित गरिएको छ।

प्रदेश २ सरकारले प्रचारप्रसारको यस्तो कामका लागि बर्सेनि लाखौं बजेट छुट्याउँदै आइरहेको छ। नयाँ योजना ल्याउने भन्दा पनि पुरानै योजनाहरुको प्रचारप्रसारका छुट्याइँदा आलोचना पनि भइरहेको छ।

प्रचारप्रसारको नाममा खर्च गर्नमा प्रदेश २ को मुख्यमन्त्री कार्यालय पहिलो नम्बरमा आउँछ। मुख्यमन्त्री कार्यालयले आगामी आर्थिक वर्ष २०७८–०७९ का लागि छुट्याएको बजेटमा ३१ लाख रुपैैयाँ प्रचारप्रसारका लागि छुट्याइएको छ। चालू आर्थिक वर्षमा मुख्यमन्त्री कार्यालयले यसका लागि ८० लाख रुपैयाँ छुट्याएको थियो। 

प्रदेश सरकारको महत्वाकांक्षी योजना मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियानसम्बन्धी होर्डिङ बोर्ड तथा ब्यानरका लागि आगामी आर्थिक वर्षमा १६ लाख रुपैयाँ बजेट छुट्याइएको छ। जबकि चालु आर्थिक वर्षमा यही अभियानको होर्डिङ बोर्ड राख्नका लागि ५० लाख रुपैयाँ बजेट छुट्याइएको थियो।

Laxmi sunrise bank
kumari

त्यस्तै सोही अभियानको प्रचारप्रसारका लागि टिसर्ट र ब्याच खरिद गर्न आगामी आर्थिक वर्षमा ५ लाख रुपैयाँ छुट्याइएको छ। चालु आर्थिक वर्षमा यसका लागि १० लाख रुपैयाँ छुट्याइएको थियो।

प्रदेश सरकारको अर्को महत्वाकांक्षी योजना मुख्यमन्त्री स्वच्छता अभियानसम्बन्धी होर्डिङ बोर्ड राख्नका लागि आगामी आर्थिक वर्षमा १० लाख रुपैयाँ छुट्याइएको छ। यसकै लागि चालु आर्थिक वर्षमा २० लाख रुपैयाँको बजेट छुट्याइएको थियो। प्रदेशको मुख्यमन्त्री कार्यालयकै प्रचारप्रसारको नाममा छुट्याइएको लाखौं बजेट देखेर प्रदेश सरकार होर्डिङ बोर्ड तथा ब्यानरमै सीमित रहेको प्रदेशवासीको आरोप छ। 

प्रकाशित: Jul 14, 2021| 11:38 बुधबार, असार ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।