आइतबार, वैशाख ७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • नयाँ प्रविधिमा निर्मित विमानस्थल कन्ट्रोल टावर सात महिनामै क्षतिग्रस्त

नयाँ प्रविधिमा निर्मित विमानस्थल कन्ट्रोल टावर सात महिनामै क्षतिग्रस्त

सात महिना अगाडि मात्रै नेपाल सरकारले निर्माण गरेको जनकपुरधामस्थित विमानस्थलको नवनिर्मित टर्मिनल भवन उदघाट्न भयो।
 |  बुधबार, असार ३०, २०७८
nespernesper

जयन्त ठाकुर

जयन्त ठाकुर

बुधबार, असार ३०, २०७८

vianetvianet

जनकपुरधाम– सात महिना अगाडि मात्रै नेपाल सरकारले निर्माण गरेको जनकपुरधामस्थित विमानस्थलको नवनिर्मित टर्मिनल भवन उदघाट्न भयो। ४२ करोडको लागतमा निर्माण गरिएको जनकपुरधाम विमानस्थलको नयाँ टर्मिनल भवनमा बनाइएको कन्ट्रोल टावर केही महिनामै क्षतिग्रस्त भएको छ।

triton college

४ हजार १३४ वर्गमिटरमा फैलिएको नयाँ टर्मिनल भवन पूर्ण रूपमा स्टिल तथा सिमेन्ट ब्लकले निर्माण गरिएको छ। यो बिलकुलै नयाँ प्रविधिका साथ निर्माण गरिएको र टिकाउ रहेको दाबी गरिएको थियो। यस प्रकारको प्रविधि नेपालका अन्य कुनै विमानस्थलमा प्रयोग गरिएको छैन। तर, निर्माण सम्पन्न भएको केही महिनामै कन्ट्रोल टावर क्षतिग्रस्त हुँदा यसको गुणस्तरमा प्रश्न उठ्न थालेको छ।

विमानस्थलका प्रमुख किरण गौतमले हावाहुरीका कारण कन्ट्रोल टावरको सिमेन्ट ब्लक उप्केको हुनसक्ने भन्दै यसको पुनर्निर्माण ठेकेदार कम्पनीले नै गर्ने जानकारी दिए। उनले एक वर्षसम्म मर्मत सम्भारको काम ठेकेदार कम्पनीले गर्नुपर्ने सम्झौता भएको बताए।

६ कठ्ठा क्षेत्रफलमा स्टिल स्ट्रक्चरको टर्मिनल भवन र ६० फिट बराबरको ६ तल्ले कन्ट्रोल टावर निर्माण गरिए पनि टावरको माथिल्लो भाग केही महिनामै क्षतिग्रस्त बनेको छ। २०६९ साल कात्तिकमा १८ करोडको लागतमा नयाँ टर्मिनल भवन निर्माण गर्न तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री पोष्टबहादुर बोगटीले शिलान्यास गरेका थिए।

डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी पप्पु एण्ड एनके कन्स्ट्रक्सन तथा नागरिक उड्डयन प्राधिकरणबीच २०६९ असोज १५ गते सम्झौता भएको थियो। प्राविधिक समस्या, रकम अभाव लगायतका कारण देखाउँदै टर्मिनल भवन निर्माणको समय पटक–पटक थप्दै ८ वर्ष पुर्याइएको थियो।

National life insurance

नागरिक उड्ययन प्राधिकरणले २०६९ सालमा पप्पु कन्स्ट्रक्सनसँग डेढ वर्ष भित्रै निर्माण सम्पन्न हुने गरी सम्झौता गरेको थियो। १८ करोडको लागतमा निर्माण गर्ने सम्झौता गरिए पनि विभिन्न बहाना देखाउँदै पटक–पटक गरेर म्याद थप गरे पनि निर्माण सम्पन्न हुन सकेन।

प्राधिकरणका आयोजना प्रमुख नलविक्रम थापाले पप्पु कन्सट्रक्सनसँग दक्ष जनशक्ति नरहेका कारण निर्माण कार्यमा ढिलासुस्ती भएको बताए। अन्ततः २०७४ सालमा पप्पुसँगको सम्झौता रद्द गरियो। यद्यपि आधा काम पप्पुले नै गरेका कारण २१ करोड २७ लाख रुपैयाँ भुक्तानी गरिएको थियो।

त्यसपछि बाँकी काम र फिनिसिङ गर्नका लागि २१ करोड २७ लाख ७ हजार ७३० रुपैयाँको लागतमा थेगिम गाल्वा उमा एण्ड कम्पनी जेभीसँग सम्झौता गरियो। पप्पुको सम्झौता रद्द गरेर नयाँ निर्माण कम्पनीसँग सम्झौता गरिएपछि १ वर्षमा काम सम्पन्न गर्नुपर्नेमा नयाँ कम्पनीले पनि काम गर्न सकेन। पछि १७ महिनाको थप म्याद उसले पाएको थियो। जनकपुरधाम विमानस्थलको नयाँ टर्मिनल भवनको तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले २०७७ मंसिर २३ गते उद्घाटन गरेका थिए।

प्रकाशित: Jul 14, 2021| 10:16 बुधबार, असार ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।