सोमबार, चैत २, २०८२

मेलानियाको विवादित ज्याकेट, ‘रियली डन्ट केयर’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
संयुक्त राज्य अमेरिका - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी पत्नी, मेलानिया ट्रम्प, उनले लगाएको ज्याकेट कारण चर्चामा आएकी छिन्। उनको ज्याकेट लगाइएको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। 

टेक्ससस्थित अनाथ थुना केन्द्रमा गएकी उनले जारा ब्रान्डको ‘ आई रियली डन्ट केयर डु यु ? ’ लेखिएको ज्याकेट लगाएकी थिइन्। 

यस विषयमा ट्वीट गर्दै राष्ट्रपति ट्रम्पले केही गलत मनासायका साथ सञ्चार माध्यममा आलोचना गरिरहेको उल्लेख गरेका छन्। उनले ट्वीटमा लेखेका छन्, ‘मेलेनियाको ज्याकेटमा लेखिएको आइ रियल्ली डन्ट केयर,डु यु ? लाई केही गलत समाचार प्रवाह गर्ने समाचारमाध्यमहरुले उठाएको हुन्। मेलानियाले ती सञ्चारमाध्यमहरु कति गैरजिम्मेवार छन् भन्ने राम्ररी थाहा पाइन् र उनी साँच्चै केही कुराको लामो समयसम्म मतलब राख्दिनन्।’

सामाजिक सञ्जालमा भाइरल भएको यस ज्याकेटको मुल्य ४ हजार नेपाली रूपैँया अर्थात ३९ अमेरिकी डलर पर्दछ।

प्लेन चढ्ने बेला पहिरिएको उक्त ज्याकेट  उनले वासिङटनको डीसीको एयर फोर्स वेसमा पुनः देखाएकी थिइन । उनको फेसन सेन्सले यति ठूलो सन्सनी मच्चाउला भन्ने अनुमान नगरेको प्रतिक्रिया दिएकी छन्। 

मेलानियाकी प्रवक्ता स्टेफनी ग्रिस्सामले मेलानियाले उक्त ज्याकेट कुनै गलत मनसाय तथा सन्देश प्रवाह गर्न नलगाएको स्पष्ट पारेकी छिन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।