शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रपतिले गरेको नियुक्ति गैरसंवैधानिक छ, नसच्चिएसम्म देउवाले शपथ लिनुहुँदैन : संविधानविद् भट्टराई

राष्ट्रपतिले गरेको नियुक्ति गैरसंवैधानिक छ, नसच्चिएसम्म देउवाले शपथ लिनुहुँदैन : संविधानविद् भट्टराई

'सर्वोच्च अदालतको फैसलाले नेपालको संविधानको धारा ७६ को उपधारा ५ को प्रक्रिया सुरु गर्न स्पष्ट भनेको छ। राष्ट्रपतिले गरेको नियुक्तिमा संविधानको धारा उल्लेख छैन,' उनले भने, 'त्यसैले यो नियुक्ति गैरसंवैधानिक छ। गैरसंवैधानिक नियुक्तिका आधारमा देउवाले सपथ लिनुहुँदैन।' 
 |  मंगलबार, असार २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार २९, २०७८

काठमाडौं- संवैधानिक कानुनविद् टीकाराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा गरेको नियुक्ति गैरसंवैधानिक भएको बताएका छन्। राष्ट्रपति भण्डारीले संविधानको धारा उल्लेख नगरी 'सर्वोच्च अदालतको फैसला बमोजिम' देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी दिएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्। 

'सर्वोच्च अदालतको फैसलाले नेपालको संविधानको धारा ७६ को उपधारा ५ को प्रक्रिया सुरु गर्न स्पष्ट भनेको छ। राष्ट्रपतिले गरेको नियुक्तिमा संविधानको धारा उल्लेख छैन,' उनले भने, 'त्यसैले यो नियुक्ति गैरसंवैधानिक छ। गैरसंवैधानिक नियुक्तिका आधारमा देउवाले शपथ लिनुहुँदैन।' 

संविधानको धारा उल्लेख नगरी प्रधानमन्त्री नियुक्त हुन नसक्ने उनले बताए। 'प्रधानमन्त्री नियुक्त गर्ने संविधानिक आधार धारा ७६ को उपधारा (१), (२) र (५) हो। त्यो उल्लेख नगरी प्रधानमन्त्री नियुक्त हुन सक्दैन,' उनले भने। 

संविधानको धारा उल्लेख नगरी राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नु गम्भीर त्रुटि भएको उनको भनाइ छ। यो गम्भीर त्रुटि हो। यो गलत छ। यसलाई सच्याएर मात्र अघि बढ्नुपर्छ,' उनले भने।  

देउवाले मंगलबार साँझै प्रधानमन्त्रीको शपथग्रहण गर्ने तयारी गरेका छन्। 

राष्ट्रपतिले संविधानको धारा उल्लेख नगरी देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेको पत्र

प्रकाशित: Jul 13, 2021| 11:59 मंगलबार, असार २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।