बुधबार, माघ ७, २०८२

युरो कप : तीन सहरमा हुँदैछन् शनिबारका तीन खेल

शनिबारको पहिलो खेलमा वेल्स र स्वीट्जरल्यान्ड भिड्दैछ। वेल्स र स्विजरल्यान्डको खेल अजरबैजानको बाकूमा हुँदैछ। प्रतियोगिताको आयोजकमध्ये एक अजरबैजान भए पनि युरो कपको छनौटमा परेको थिएन। 
 |  शनिबार, जेठ २९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २९, २०७८

काठमाडौं- युरोपेली देशका विभिन्न ११ सहरमा आयोजना हुने युरो कपमा शनिबारका तीन खेल तीन सहरमा हुने तय भएको छ। शनिबार हुने २ खेलमा घरेलु टिम खेल्ने छन् भने एक खेल न्युट्रल मैदानमा हुने तय भएको हो।

National life

शनिबारको पहिलो खेलमा वेल्स र स्वीट्जरल्यान्ड भिड्दैछ। वेल्स र स्विजरल्यान्डको खेल अजरबैजानको बाकूमा हुँदैछ। प्रतियोगिताको आयोजकमध्ये एक अजरबैजान भए पनि युरो कपको छनौटमा परेको थिएन। 

वेल्स र स्विट्जरल्यान्डको खेल भर्खरै सुरु भइसकेको छ। त्यस्तै, शनिबारको अर्को खेलमा डेनमार्कले फिनल्यान्डको सामना गर्दैछ। यी दुई टिमले डेनमार्कको कोपनहेगनस्थित पार्केन रंगशालामा खेल्नेछन्। खेल राति पौने १० बजेटबाट सुरु हुँदैछ।

त्यस्तै, शनिबारको तेस्रो खेलमा बेल्जियमले रसियाको सामना गर्दैछ। यो खेलमा रसियाले सेन्ट पिटरबर्गको घरेलु मैदानमा बेल्जियमलाई आतिथ्यता प्रदान गर्नेछ। खेल राति पौने १ बजेबाट सुरु हुनेछ।

प्रकाशित: Jun 12, 2021| 13:36 शनिबार, जेठ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।