शनिबार, वैशाख २२, २०८१

गोग्राह फिल्म कार्यशालाबाट फिल्म निर्माणका लागि तीन जनालाई ५–५ लाख 

गोग्राह फिल्म कार्यशालाले शान्ता नेपाली, ज्योत्सनासिंह ठकुरी र सुनिल गुरुङलाई पाँच–पाँच लाखको ‘लघु चलचित्र निर्माण पुरस्कार’ प्रदान गरेको छ।
 |  मंगलबार, असार २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार २९, २०७८

काठमाडौं– गोग्राह फिल्म कार्यशालाले शान्ता नेपाली, ज्योत्सनासिंह ठकुरी र सुनिल गुरुङलाई पाँच–पाँच लाखको ‘लघु चलचित्र निर्माण पुरस्कार’ प्रदान गरेको छ।

triton college

विराटनगरस्थित नर्थ साउथ कलेक्टिभ्सको आयोजनामा भएको कार्यशालाका सहभागी उनीहरुलाई आयोजक समूहले सोमबार भर्चुअल प्रेस मिट गरेर यसको जानकारी गराएको हो। 

कार्यशालाले शान्ताको ‘मुना’, ज्योत्सनाको  ‘एलेक्सिया’ र सुनिल गुरुङको ‘विण्ड हर्स’ निर्माण्का लागि उक्त राशिको पुरस्कार दिएको हो। उनीहरु तीनैजनाले २०२१ को अन्त्यसम्म १५ मिनेटको फिक्सन फिल्म बनाउनुपर्ने बताइएको छ।  

निर्माणको चरणमा रहेको  फिल्म ‘विण्ड हर्स’ेले बुबा र छोराको कथा भन्छ भने ‘मुना’मा १२ वर्ष ठमेलको वेश्यालयमा जीवन बिताएकी एक महिलाको कथा छ। त्यस्तै ‘एलेक्सिया’मा एलेक्सिया रोगबाट ग्रसित एक पात्रको कथा समावेश छ। आफू पनि उक्त रोगबाट ग्रसित भएका कारण त्यही कथामा फिल्म तयार पारेको ज्योत्सनाले बताएकी छिन्। 

‘म आफैलाई एलेक्सिया थियो । म राम्ररी लेख्न र पढ्न सक्दिनथेँ, त्यसैले यही कथामा फिल्म बनाउन प्रेरणा मिल्यो,’ पुरस्कार रकम पाइसकेपछि ज्योत्सनाले भनेकी छिन्। 

corrent noodles
Metro Mart

गोग्राहले पहिलो पटक फिल्म निर्माणका लागि पुरस्कार वितरण हो। यसअघि कार्यशालाको नाम विराटनगर वर्कसप थियो। विराटनगरको पुरानो नाम ‘गोग्राह’ रहेको थाहा पाएपछि आफूहरुले कार्यशालाको नाम परिवर्तन गरेको गोग्राहका संस्थापक एवं फिल्म निर्देशक दिपक रौनियारले बताए। उनले तीन फिल्मको निर्माणका लागि पुरस्कार वितरण गर्न पाउँदा खुसी व्यक्त गरे। 


सन् २०१९ देखि सुरु भएको कार्याशालाले अब आफ्नो वार्षिक फिल्म लेखन तथा निर्माण कार्यशालासँगै यो वर्षदेखि ६ हप्ता लामो फिल्म लेखन तथा सम्पादन रेसिडेन्सी संचालन गर्ने घोषणा गरेको छ। २०२०र२१ को कार्यशालामा आवेदन दिएका झन्डै २ सय निवेदकमा १२ जना छानिएका थिए । आठ हप्ताको पहिलो चरणको लेखन कार्यशालापछि सहभागीहरुले बुझाएको स्किप्ट र उनीहरुको निर्देशन र लेखनको कलाको विकासको आधारमा ८ जनालाई १२ हप्ता लामो निर्देशन कार्यशालाको लागि छानिएको थियो । अन्तिम १२ जनाबाट नै तीन विजेता घोषणा गरिएको हो ।

‘नेपालमा सर्ट फिल्मका लागि आफ्नै खल्तीबाट पैसा हाल्नुपर्ने अवस्था थियो, कार्यशालाले पाँच लाख सहयोग गर्दा झन् हौसला बढेको छ,’ शान्ता नेपालीले भनिन्।

प्रकाशित: Jul 13, 2021| 08:28 मंगलबार, असार २९, २०७८
प्रतिक्रिया दिनुहोस्