एजेन्सी- फ्रान्स रुसमा जारी विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ । बिहीबार राती भएको खेलमा पेरुलाई १–० गोल अन्तरले पराजित गर्दै फ्रान्स अन्तिम १६ मा प्रवेश गरेको हो ।
पहिलो खेलमा अष्ट्रेलियालाई हराएको फ्रान्सले दोस्रो खेलमा पेरुलाई पराजित गर्दै ६ अंक बलुटेपछि सिधै नकआउट चरण पुगेको हो । फ्रान्सको जीत दिलाउने क्रममा खलको ३४औँ मिनेटमा केयलिन एमबापेले गोल गरेका थिए ।
उनको यो गोल नै फ्रान्सको जितका लागि निर्णयक बन्यो । एमबापेले फ्रान्सका लागि विश्वकपमा सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी बनेर कीर्तिमान राखेका छन् । उनी १९ वर्ष १८३ दिनका भए ।
यता पेरु भने लगातार दुई खेलमा पराजित हुँदै समुह चरणबाटै घर फर्किने पक्का भएको छ । पेरु पहिलो खेलमा डेनमार्कसंग पराजित भएको थियो भने दोस्रो खेलमा फ्रान्ससंग पराजित भयो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४