सोमबार, असार २९, २०८३

एटीएमको १२ लाख मुसाले खाएपछि...

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
आसाम- भारतको पूर्वोत्तर राज्य आसाममा एउटा एटीएममा राखिएको १२ लाखभन्दा बढी मुसाले काटेको छ। 

एटीएम मेसिन नचलेपछि जाँच गर्न गएका  प्राविधिकहरूले हेर्दा १२ लाखभन्दा धेरै रुपैयाँ काटिएको अवस्थामा भेटिएको हो। 

तीनसुकिया जिल्लास्थित स्टेट ब्याङ्क अफ इन्डियाको एक एटीएममा पाँच सय र दुई हजार दरका ती नोटहरू मुसाले काटेको प्रहरीले अनुमान गरेको छ।

हिन्दुस्तान टाइम्स पत्रिकाका अनुसार तार लैजान पारिएको एउटा प्वालबाट मुसाहरू छिरेको अनुमान प्रहरीको छ। मुसाले काटेका नोटको थुप्रोका तस्बिरहरू धेरैले सामाजिक सञ्जालमा हालेका छन्।

त्यस्तै एउटा तस्बिरमा एउटा मरेको मुसो फोहोरको खातमा पल्टेको देखिन्छ। एक जना प्रहरी अधिकारीलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले उक्त एटीएमले १२ दिनदेखि काम नगरेको बताएको छ।

प्राविधिकहरूले झन्डै १७ लाख भारतीय रुपैयाँ भने सकुशल निकालेको बताइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।