सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भ्रष्ट्राचार मुद्दामा कैद सजाय तोकिएका चालिसे जेल चलान

भ्रष्ट्राचार मुद्दामा कैद सजाय तोकिएका चालिसे जेल चलान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं– भ्रष्ट्राचार मुद्दामा सर्वोच्च अदालतले १ बर्ष ६ महिना कैद तथा १० लाख रुपैयाँ जरीवानाको सजाय तोकिएका सम्पत्ति शुद्धिकरण विभागका पूर्व अधिकृत शम्भुप्रसाद चालिसेलाई बिहीबार जेल चलान गरिएको छ।

केन्द्रीय अनुसन्धान ब्यूरोले चालिसेलाई बिहीबार बिहान पक्राउ गरी काठमाण्डौ अदालतमा पेश गरेको थियो। अदालतले कैद भुक्तानीकोे लागी डिल्लीबजार कारागार पठाईएको सिबिआईले जनाएको छ।
२०७१ साउन ११ गते अख्तियार दुरुपयोग अनुसन्धान विभागले चालिसेलाई १० लाख नगद घुस लिँदै गर्दा समातेको थियो। 

सम्पत्ति शुुद्धिकरणमा मद्दा मिलाई दिने भन्दै घुस मागेका चालिसेलाई  पिडितको उजुरीको आधारमा अख्तियारको टोलीले रकमसहित ललितपुरको सैबुबाट पक्राउ गरेको थियो।
 
सर्वोच्चको आदेशको अटेर गर्दै फरार रहेका धादिङ नौबिसेका चालिसेलाई कलंकिबाट पक्राउ गरिएको सिविआईका  प्रवक्ता प्रहरी उपरिक्षक  कृष्णहरी शर्माले बताए।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।