सोमबार, मंसिर २९, २०८२
  • गृहपृष्ठ
  • समाज
  • धनुषामा निजी जग्गामा स्वास्थ्यचौकी, सहिदनगर नगरपालिकाले जग्गा हडपेको आरोप

धनुषामा निजी जग्गामा स्वास्थ्यचौकी, सहिदनगर नगरपालिकाले जग्गा हडपेको आरोप

धनुषाको सहिदनगर नगरपालिकाले निजी जग्गामा स्वास्थ्यचौकी निर्माण गर्न लगाएको पाइएको छ।
 |  शनिबार, असार २६, २०७८

जयन्त ठाकुर

जयन्त ठाकुर

शनिबार, असार २६, २०७८

जनकपुरधाम- धनुषाको सहिदनगर नगरपालिकाले निजी जग्गामा स्वास्थ्यचौकी निर्माण गर्न लगाएको पाइएको छ। सहिदनगर नगरपालिका-५, पचहरवामा स्वास्थ्यचौकी निर्माण गर्नका लागि निजी जग्गा हडपिएको पाइएको हो। 

National life

सहिदनगर नगरपालिकाको नगरसभा विवादित हुनुका साथै अपारदर्शी काम भइरहेको आरोप लागिरहेका बेला निजी जग्गा हड्पेर वडा नम्बर ७ मा स्वास्थ्यचौकीको भवन निर्माण गरिएको आरोप लगाइएको छ।

कित्ता नम्बर १८५ मा रहेको आफ्नो १६ धुर जग्गामध्ये ७ धुर जग्गा कब्जा गरेर नगरपालिकाले स्वास्थ्यचौकी निर्माण गरिएको स्थानीय शिवशंकर ठाकुरको आरोप छ। 

कित्ता नम्बर १८५ मा रहेको सो १६ धुर जग्गा शिवशंकर ठाकुर तथा उर्मिला देवीको संयुक्त नाममा छ।

Laxmi sunrise bank
kumari

ठाकुरका अनुसार उर्मिला देवीले कित्ता नम्बर १८४ मा रहेको २ कठ्ठा जग्गा स्वास्थ्य चौकी निर्माणका लागि जग्गा दान गरे। ‘तर  जब स्वास्थ्यचौकी निर्माण भयो कित्ता नम्बर १८५ मा रहेको १६ धुर जग्गासमेत कब्जा गरियो,’ उनले भने, ‘जग्गा कब्जा गरिएपछि मैले नगरपालिकामा यस विषयमा आवाज उठाएँ तर सुनुवाइ नभएपछि अन्त्यमा नगरपालिकाकै न्यायिक समितिमा निवेदन दिएको छु।’

ठाकुरले गत जेठ १९ गते न्यायिक समितिमा आफ्नो जग्गा उपलब्ध गराई दिन निवेदन दर्ता गराए। उनले न्यायिक समितिमा यस विषयमा निर्क्योल ननिस्कए अदालत समेत जाने चेतावनी दिए । यद्यपि अहिले यो विषय न्यायिक समितिमा छलफलको क्रममा रहेको र छलफलबाट समाधान निस्किए आफूलाई मान्य हुने बताए।

यता सहिदनगर नगरपालिकाका नगरप्रमुख उदय बरबरियाले शिवशंकर ठाकुरको आरोपलाई खण्डन गरे। उनले भने ‘यदि उहाँको जग्गा थियो भने स्वास्थ्यचौकी निर्माणका लागि पहिलो इँटा हाल्दा किन उहाँले आवाज उठाउनु भएन?’ 

नगरप्रमुख बरबरियाले अब स्वास्थ्यचौकीको निर्माण सम्पन्न भइसकेपछि झुटा दाबी गरिरहेको र न्यायिक समितिबाट यसको छिट्टै छिनोफानो हुने बताए।

प्रकाशित: Jul 10, 2021| 04:08 शनिबार, असार २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।