काठमाडौं- सनराइज बैंक र भारतिय एक्सिस बैंकबीच रेमिट्यान्स सम्बन्धी सम्झौता भएको छ ।
यससँगै भारतमा बस्दै आएका नेपालीहरूले एक्सिस बैंकको कुनै पनि शाखाबाट सनराइज बैंकमा खाता भएका आफन्त तथा साथीभाइलाई पठाउन सक्नेछन् । यो सेवा सनराइज बैंक खातावाल भएकाहरूको लागि मात्र रहनेछ ।
सम्झौता भएसँगै भारतको जुनसुकै ठाँउबाट पठाएको पैसा सेवाग्राहीले सनराइज बैंकको ८८ शाखा र ३ एक्स्टेन्सन् काउन्टरबाट प्राप्त गर्न सक्नेछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४