आइतबार, साउन १७, २०८३

नुवाकोटमा कोरोनाको ‘डेल्टा प्लस’ भेरियन्ट भेटिएको पुष्टि

अस्पतालले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमार्फत् अन्तर्राष्ट्रिय प्रयोगशाला पठाइएको थियो। चार नमुना विदेश पठाइएको मध्ये एक नमुनामा डेल्टा प्लस भेटिएको छ भने ३ वटा नमुनामा डेल्टा भेटिएको छ। 
 |  शुक्रबार, असार २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २५, २०७८

काठमाडौं- नुवाकोट जिल्लामा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘डेल्टा प्लस’ भेटिएको पुष्टि भएको छ। नुवाकोट जिल्ला अस्पताल त्रिशुलीले पठाएको एउटा नमुनमा डेल्टा प्लस भेरियन्ट पुष्टि भएको हो। 

अस्पतालले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमार्फत् अन्तर्राष्ट्रिय प्रयोगशाला पठाइएको थियो। चार नमुना विदेश पठाइएको मध्ये एक नमुनामा डेल्टा प्लस भेटिएको छ भने ३ वटा नमुनामा डेल्टा भेटिएको छ।

यो पनि पढ्नुहोस् : नेपालमा तेस्रो लहर अर्थात् 'डेल्टा प्लस' भेरियन्टको जोखिम कति?

कोरोना डेल्टा भेरियन्ट ६० देखि शतप्रतिशत बढी संक्रामक हुने र बालबालिकादेखि वृद्धवृद्धासम्मका उमेर समूहलाई उच्च संक्रमण गराउन सक्ने बताइएको छ। यो भेरियन्टबाट फोक्सोलाई  बढी असर पार्ने विज्ञहरुको भनाइ छ। 

प्रकाशित: Jul 09, 2021| 16:19 शुक्रबार, असार २५, २०७८
प्रतिक्रिया दिनुहोस्