सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आईएमई र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालबीच स्वास्थ्य सेवा सम्झौता

आईएमई र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालबीच स्वास्थ्य सेवा सम्झौता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं - पानीपोखरीस्थित केन्द्रिय कार्यलय आइएमई ले ग्राण्डी अन्तराष्ट्रिय अस्पतालसँग सोमबार सम्झौता गरेको हो । सम्झौतामा आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीले ग्राण्डी अन्तराष्ट्रिय अस्पताल भित्रको सेवामा १०.५ प्रतिशत छुट पाउने सुविधा रहेको छ ।

चिकित्सकिय परामर्श र अन्य १० प्रकारका ल्याब परिक्षणका लागि  रु. १,५०० मा स्वास्थ्य परिक्षण प्याकेज पाउन सकिनेछ । सो सुविधा लिनका लागि आइएमई प्रिभिलेज कार्ड ओपीडी शाखामा देखाउनुपर्नेछ ।

२०७५ असार ११ गतेदेखि एक वर्षसम्म सम्झौता लागु हुनेछ । आइएमईका तर्फबाट लोयल्टि कार्यक्रम प्रमुख प्रफुल्ल रिजाल र ग्राण्डीका तर्फबाट बजार तथ्य व्यापार प्रवद्र्धन विभाग प्रमुख प्रतिक तिवारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

आइएमई ग्रुपका प्रमुख जनसम्पर्क व्यवस्थापक राजु पौडेलका अनुसार, सेवाग्राहीलाई विभिन्न सुविधा प्रदान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्दै आएका हुन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।