शुक्रबार, भदौ ५, २०८३

गगनले भने– म मन्त्री बन्न तयार छु

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले आफू सरकारमा सहभागी हुन तयार रहेको बताएका छन्।
 |  बुधबार, साउन २०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन २०, २०७८

काठमाडौं– नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले आफू सरकारमा सहभागी हुन तयार रहेको बताएका छन्। बुधबार बिहान भरतपुर पुगेका थापाले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा प्रधानमन्त्रीले चाहेमा आफू मन्त्री बन्न तयार रहेको बताएका हुन्। 

तर आफूलाई मन्त्री बनाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब भने नदिने उनले बताए। भने, ‘प्रधानमन्त्रीले मलाई संसदमै राखेर काम गराउन उचित हुन्छ भन्ने लाग्छ भने सांसद भएर नै काम गर्छु। हैन यो बेलाको सन्दर्भमा कुनै मन्त्रालयको जिम्मेवारी दिएर काम गराउनुपर्छ भन्ने उहाँलाई लाग्यो भने मन्त्री भएर काम गर्न तयार छु।’

संयुक्त सरकारका आफ्नै सीमा हुने भन्दै उनले अप्ठ्यारो बेलामा आएको सरकारका प्रधानमन्त्रीलाई स्वतन्त्र भएर काम गर्न दिनुपर्ने बताए। भने, '१२–१५ महिनाको समयभित्र महत्वपूर्ण कामहरु सम्पन्न गर्नुपर्ने छ। यो बेला प्रधानमन्त्रीलाई फ्रि भएर काम गर्न दिनुपर्छ।’


प्रकाशित: Aug 04, 2021| 15:08 बुधबार, साउन २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...