शनिबार, वैशाख २२, २०८१

फेरि विवादमा 'रजतपट', गरिमाले रुँदै भनिन्– मेरो चरित्र हत्या गरियो

केही समयअघि अभिनेत्री पूजा शर्मालाई टेलिभिजन कार्यक्रमबाटै ‘दाह्रा निस्कएको अनुहार’ भन्दै व्यंग्य गरेपछि ‘बडी सेमिङ’ को आरोप खेपेका प्रस्तोता प्रकाश सुवेदी अहिले फेरि विवादमा तानिएका छन्।
 |  शुक्रबार, असार २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २५, २०७८

केही समयअघि अभिनेत्री पूजा शर्मालाई टेलिभिजन कार्यक्रमबाटै ‘दाह्रा निस्कएको अनुहार’ भन्दै व्यंग्य गरेपछि ‘बडी सेमिङ’ को आरोप खेपेका प्रस्तोता प्रकाश सुवेदी अहिले फेरि विवादमा तानिएका छन्। आफूले चलाउँदै आएको कार्यक्रम ‘रजतपट’को पछिल्लो एपिसोडमा प्रसारण भएको मोडलद्वय गरिमा शर्मा र दुर्गेश थापा सम्बन्धित रिपोर्टका कारण उनी विवादमा तानिएका हुन्। 

triton college

पछिल्लो समय टिकटक हुँदै म्यूजिक भिडियोमा व्यस्त रहेकी मोडल गरिमाले प्रस्तोता सुवेदीले राष्ट्रियस्तरको टेलिभिजनमा आफ्नो चरित्र हत्या गर्ने सामग्री प्रसारण गरेको भन्दै न्यायिक बाटो रोज्ने बताएकी छन्। 
केही समयअघि गरिमा र दुर्गेश टिकटकमा लाइभ आएर एउटा खेल खेलेका थिए। खेल खेल्ने क्रममा दुर्गेशले गरिमालाई नाटकको परिस्थिति सुनाउँदै भनेका थिए थिए, ‘तिमीले आफ्नो पूर्व प्रेमीलाई भेट्यौं। अब, उसँग कसरी कुरा गर्छौ?’ 

टिकटकको खेललाई खेलजसरी नबुझिदिएर गलत अर्थ लाग्ने गरी रिपोर्ट बनाएको भन्दै गरिमाले रजतपटविरुद्ध आपत्ति जनाएकी छन्।

त्यसपछि सुरु भएको खेलमा दुर्गेश र गरिमा एकअर्काको पूर्व प्रेमी÷प्रेमिका जसरी प्रस्तुत हुन्छन्। एकअर्कासँग रिसाउँदै गाली गर्छन्। एकअर्काको पोल खोल्न थाल्छन्। 

यसरी गेमका क्रममा उनीहरुले गरेको संवादका छोटाछोटा क्लिपहरु टिकटकदेखि युट्युबसम्म भाइरल भइरहेको थियो। त्यो छोटो क्लिप मात्रै हेर्नेलाई उनीहरुबीच भएको प्र्रेम र ब्रेकअपको अभिनय सत्य लागेको हुन सक्छ। त्यसैले गरिमा र दुर्गेश दुवैले यसलाई गेमको रुपमा मात्रै बुझिदिन पनि आग्रह गरिरहेका थिए। 

corrent noodles
Metro Mart

तर, प्रस्तोता सुवेदीले बिहीबार आफ्नो कार्यक्रममा उनीहरुबीच खेल खेल्ने क्रममा भएको संवादलाई रिपोर्ट नै बनाएर प्रसारण गरिदिए। छोराका बुवा रहेका दुर्गेशसँग गरिमाले किन प्रेम गरिन् भनेर रिपोर्टमै प्रश्न गरिदिए। 

टिकटकको खेललाई खेलजसरी नबुझिदिएर गलत अर्थ लाग्ने गरी रिपोर्ट बनाएको भन्दै गरिमाले रजतपटविरुद्ध आपत्ति जनाएकी छन्। बिहीबार राति नै उनी टिकटकमा लाइभ आएर रुँदै आफ्नो चरित्र हत्या भएको गुनासो पोखेकी थिइन्। 

सो कार्यक्रमकै एक रिपोर्टरसँग संवाद गर्ने क्रममा उनले आफूले गेम खेलेको भनेर जानकारी गराउँदागराउँदै त्यस्तो रिपोर्ट बनाएर प्रसारण गरेकोमा आपत्ति जनाएकी छन्।  ‘मेरो आमाबुवा सबै रुनुभएको छ यो रिपोर्टबाट,’ उनले रुँदै भनेकी छन्, ‘मेरो ममी बुवा शिक्षक हुनुहुन्छ। इज्जतिलो पेशामा हुनुहुन्छ। मैले कलाकारिता पेशा रोजे, त्यो आफ्नो रुचिका कारण रोजेँ। त्यो गेममा गरिमाको चरित्र हत्या गर्नुपर्ने कुरा केही पनि थिएन। मलाई एकदमै दुःख लागेको छ।’

उनले आफ्नो चरित्रमा लागेको दागलाई आफै मेटाउने भन्दै थप भनेकी छन्, ‘हाम्रा दर्शक एकदमै सोझो हुनुहुन्छ, जे देखाइन्छ, त्यही पत्याइन्छ।’ कार्यक्रममार्फत् दर्शकमाझ भ्रम छर्न खोजेको उनको आरोप छ। 

यता कार्यक्रम सञ्चालक प्रकाश सुवेदीले टिकटकमा उनीहरुले खेलेको त्यो गेमलाई मासिने बेलामा आएको बुद्धि भन्दै टिप्पणीसमेत गरेका छन्। 

गरिमाले शुक्रबार यही सन्दर्भमा फेसबुकमा लामो स्टाटससमेत लेखेकी छन्। विवादमा पर्न नचाहँदानचाहँदै पनि जबरजस्ती विवादमा तानिएको गुनासो गरेकी छन्।

‘असार २४ गते साँझ एपीवान टेलिभिजन र रजतपट अनलाइन युट्युब च्यानलबाट प्रसारित कार्यक्रम रजतपटमा मेरो विषयमा निर्माण गरिएको अतिरञ्जित र भ्रमपूर्ण टेलिभिजन रिपोर्टप्रति गम्भीर आपत्ति प्रकट गर्दछु,’ उनले लेखेकी छन्, ‘नेपाली कला क्षत्र र कलाकारहरुलाई प्रोत्साहन गर्नुपर्ने टेलिभिजन च्यानल, टेलिभिजन कार्यक्रम र प्रस्तोता नै भ्रमित सामाग्री प्रसारण गरी कलाकारहरुलाई अनावश्यक विवादमा तान्ने तथा निरुत्साहित गर्ने कार्यको घोर भत्र्सना पनि गर्छु। केही दिनअगाडि टिकटक लाइभमा खेल खेल्ने क्रममा हाँसो ठट्टामा बोलिएका संवादहरुका टुक्राटुक्री तानेर राष्ट्रिय टेलिभिजनबाट उक्त सामाग्री प्रसारण गर्नु सरासर गलत हो। उक्त संवाद कसरी सुरु भएको थियो र के सिलसिलामा थियो भन्ने सप्रमाण भिडियो मैले मेरो युट्युब च्यानलमा अपलोड गरिसकेको छु। तसर्थ त्यो हेरिसकेपछि थप प्रष्ट हुनेछ।’

यतिमात्रै होइन, गरिमाले प्रस्तोता सुवेदीसँग टेलिफोन सम्पर्कका क्रममा त्यो गेमको सत्यतथ्य जानकारी गराउँदागराउँदै पनि बदनियतपूर्ण समाचार प्रसारित गरिएको र त्यसले आफूमाथि गम्भीर अन्याय भएको लेखेकी छन्। ‘तसर्थ न्यायका निम्ति सम्बन्धित निकायसम्म पुग्न वाध्य भएको व्यहोरा पनि यसै विज्ञप्तिमार्फत् जानकारी गराउन चाहन्छु,’ उनले भनेकी छन्, ‘यसखालको भ्रामक र बदनियतपूर्ण खबरलाई विश्वास नगरिदिनुहुन म आम दर्शक र शुभेच्छुकहरुमा अपिल गर्दछु! साथै यस अन्यायका विरुद्धमा बुलन्द आवाज बोलीदिनु हुन सबैमा अनुरोध गर्छु। नयाँ छु, कमजोर अवश्य छैन।’  

फिल्मकर्मीको विरोध

‘रजतपट’ को यो सामग्रीलाई लिएर फिल्मकर्मीले समेत विरोध गरिरहेका छन्। फिल्म निर्देशक विशाल भण्डारीले दुर्गेश र गरिमाले अभिनयको गेम खेलेको प्रष्ट देख्दादेख्दै समाचार बनाएकोप्रति आपत्ति जनाएका छन्। 

‘रजतपट भन्ने कार्यक्रम मैले सानैदेखि हेर्थेँ। त्यसबेला प्रकाश सुवेदीले देखाएका चटपटे समाचार खुबै मनपथ्र्यो,’ उनले फेसबुकमा लेखेका छन्, ‘किनभने त्यतिबेला समाचारको माध्यम अत्यन्त कम थियो। सत्य उनले देखाएजस्तै होला भन्ने भ्रममा बाँचियो। तर, बिस्तारै परिपक्क हुँदै जाँदा नायिकाको चरित्रहत्या, कलाकारको मानमर्दन पो भएको हो त भन्ने चेतना आयो।’

पहिले ‘देखा थापा’ देखि ‘दाह्रे, चुच्चे’ सम्म भन्न थालेको भन्दै उनले प्रश्न गरेका छन्, ‘भर्खरै करियर बनाउँदै गरेकी गरिमा र गायक दुर्गेशले अभिनयको गेम खेलेको प्रष्ट देख्दादेख्दै कसरी समाचार बनाउन सकेका होलान्? त्यसले नवकलाकारको मानसिकतामा पर्न जाने असर र परिवारमा पर्न जाने दुःखको प्रस्टीकरण कसले दिने? चटपटे समाचार त बन्यो होला तर, त्यसको पिरो त कलाकारलाई लाग्यो हैन र? अब अत्ति भयो अंकल सुध्रिनुस्। नत्र कुनै दिन तपाइँलाई तपाइँकै डायलग भन्नुपर्ने दिन आउला जस्तो छ, ‘विनाशकाले विपरीत बुद्धि।’

प्रकाशित: Jul 09, 2021| 10:04 शुक्रबार, असार २५, २०७८
प्रतिक्रिया दिनुहोस्