सोमबार, असार २९, २०८३

कोरियामा कुकुर नमार्न अदालतको आदेश

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सियाेल- दक्षिण कोरियाको एक अदालतले मासुका लागि कुकुर नमार्न आदेश दिएको छ । 

बिहीबार आएको अदालतको यस आदेशलाई यहाँका जनावरको अधिकारको वकालत गरिरहेका अधिकारकर्मीहरुले आफूहरुको विजयको रुपमा लिएका छन् । 

साथै यस आदेशलाई अरु सर्वसाधारण कोरियाली नागरिकले पनि स्वागत गरेका बताइएको छ । अदालतको आदेशमा कोरियामा मनाइने एक पर्वमा कुकुर मार्ने अभियान नै चलाउने गरिएकोमा त्यसलाई अवैध भनिएको छ । 

साथै सो फैसलामा अबदेखि मासुजन्य पदार्थका लागि कुकुर मार्न नपाइने आदेश दिइएको छ । अधिकारकर्मीहरु सो आदेश मागगर्दै अदालत गएका थिए । 

दक्षिण कोरियामा कुकुरको मासु लोकप्रिय छ । यहाँ मासु खानकै लागि हरेक वर्ष कम्तीमा पनि १० लाख कुकुर मार्ने गरिएको विश्वास गरिन्छ । तर पछिल्ला वर्षहरुमा भने यहाँ कोरियाको मासुको खपतमा कमी आएको पाइएको थियो । किनभने कुकुरको मासु खाने पर्वमा निकै हिंस्रक रुपमा कुकुर मार्ने गरिएकोले धेरैलाई यो मन परेको थिएन । 

त्यसैगरी कुकुर मानिसको साथीजस्तै जनावर हो भन्ने भावना मानिसमा पछिल्लो समयमा बढ्दै गएकोले गर्दा पनि मासुको खपतमा कमी आएको पाइएको समाचारमा जनाइएको छ । दक्षिण कोरियामा करिब १७ हजार कुकुर पाल्ने फार्म छन् । ती फार्मका लगानीकर्ता र मालिकहरुले भने यस आदेशको विरोध गरेका छन् । 

त्यसैगरी केही सांसदले यसअघि संसदमा कुकुरको मासु प्रतिबन्ध लगाउनुपर्ने कानुन निर्माण गर्न संसदमा प्रस्ताव पनि प्रस्तुत गरेका थिए । ती प्रस्तावमा पनि ती फार्मका मालिक र कुकुरको मासुका पारखीहरुले विरोध जनाएका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।