हेटौंडा– कांग्रेस जिल्ला सभापतिहरूको यहाँस्थित भेलास्थलको गेटबाटै सञ्चारकर्मीहरूलाई प्रवेश निषेध गरिएको छ । पत्रकारहरूले बुधबारसम्म गेटबाट भित्र छिर्न पाएका थिए ।
‘माथिको आदेश’ भन्दै प्रहरीले बिहीबार भने गेटबाटै फर्काएको छ । स्रोतका अनुसार नकारात्मक समाचारहरू प्रवाह भएको बताउँदै कांग्रेस सभापति शेरबहादुर देउवाकै निर्देशनमा पत्रकारहरूलाई बिहीबार भेलास्थलमा छिर्न नदिइएको हो ।
स्थानीय पल्पसा पार्टी प्यालेसमा जिल्ला सभापतिहरूको भेला आयोजना गरिएको छ । अधिकांश जिल्ला सभापतिहरूले तीन वटा तहका निर्वाचनमा पार्टीले पराजय बेहोर्नुको दोष केन्द्रीय नेतृत्वलाई दिइरहेका छन् । थोरै जिल्ला सभापतिहरू मात्र सभापति देउवाका पक्षमा देखिएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४