शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओली–नेपाल संवादहीनता तोडियो, मेरियट होटलमा वार्ता सुरु

ओली–नेपाल संवादहीनता तोडियो, मेरियट होटलमा वार्ता सुरु

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ‌ओली र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटघाट भएको छ।
 |  बुधबार, असार २३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार २३, २०७८

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ‌ओली र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटघाट भएको छ। बुधबार साँझ राजधानीको होटल मेरियटमा दुवै नेताहरूबीच भेटवार्ता सुरु भएको हो। उनीहरूका साथमा एमाले उपमहासचिव विष्णु पौडेललगायतका एमाले दोस्रो तहका नेताहरू पनि  सहभागी भएको बताइएको छ।

एमालेका दुवै पक्षका दोस्रो तहका ५-५ जना सदस्यहरू रहने गरी एमाले विवाद कार्यदल बनाइएको थियो। उक्त कार्यदलमा नेपाल पक्षका सदस्यहरूसँग बुधबार दिउँसो नेपालले छलफल गरेका थिए। यसपछि नेपाल ओलीसँग वार्ता गर्न तयार भएका हुन्। यसअघि उनले ओलीसँग भेट गर्न अस्वीकार गर्दै आएका थिए। 

यसअघि गत वैखाख ७ र ८ गते  होटल मेरियटमा ओली र नेपालबीच भेटवार्ता भएको थियो।

सोमबार ओलीले नेपाल पक्षका नेता तथा कार्यदलमा नेपाल तर्फका संयोजक भीम रावलसँग भेट गरी एमाले एकताका लागि वातावरण बनाउन आग्रह गरेका थिए। यसपछि सोमबार र मंगलबार कार्यदलका दुवै पक्षका नेताहरूबी छलफल भएको थियो। छलफल सकारात्मक रूपमा अघि बढेको कार्यदलका नेताहरूको भनाइ थियो। 

यसअघि बुधबार बिहान ओली निकट मानिने नेता तथा एमाले विवाद कार्यदलमा ओली पक्षका कार्यदल संयोजक सुवास नेम्वाङले दुवै जना शीर्ष नेताहरूबीच भेटवार्ता हुने संकेत गरेका थिए। यसअघि गत वैशाख ७ र ८ गते  होटल मेरियटमा ओली र नेपालबीच भेटवार्ता भएको थियो।

प्रकाशित: Jul 07, 2021| 13:41 बुधबार, असार २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।