शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ३ वर्ष कैद र ३ लाख जरिवाना

स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ३ वर्ष कैद र ३ लाख जरिवाना

स्वास्थ्यकर्मीमाथि आक्रमण गरे तीन वर्षसम्म कैद र तीन लाख जरिवाना वा दुवै हुने भएको छ। 
 |  आइतबार, जेठ २३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २३, २०७८

काठमाडौं- स्वास्थ्यकर्मीमाथि आक्रमण गरे तीन वर्षसम्म कैद र तीन लाख जरिवाना वा दुवै हुने भएको छ। 

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार जारी गरेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेशमा सो व्यवस्था उल्लेख छ। 

भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी हुन्।

उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमण भएका घटना सार्वजनिक भएपछि कारबाहीका लागि सरकारले कानून बनाएको हो। 

अध्यादेशमा स्वास्थ्यसंस्थामा आगजनी गरेमा दुई लाखदेखि पाँच लाख जरिवाना वा पाँच वर्ष कैद वा दुवै हुनसक्ने व्यवस्था गरिएको छ। 

त्यस्तै स्वास्थ्य संस्थामा तालाबन्दी वा घेराउ गर्ने, बिरामीको उपचार गर्ने कार्यमा बाधा पुर्‍याउने, स्वास्थ्यकर्मीलाई धम्की दिने वा गाली गर्ने गरेमा एक वर्ष कैद वा एक लाख जरिवाना वा दुवै हुन सक्ने व्यवस्था गरिएको छ।

यस्ताे छ जारी अध्यादेश

 

प्रकाशित: Jun 06, 2021| 12:45 आइतबार, जेठ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।