आइतबार, वैशाख ७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • फेरि भरिन थाले उपत्यकाका आईसीयू र भेन्टिलेटर, नयाँ बिरामीले नपाउने चिन्ता

फेरि भरिन थाले उपत्यकाका आईसीयू र भेन्टिलेटर, नयाँ बिरामीले नपाउने चिन्ता

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तथ्यांक स्थिर रहेको बताए पनि अस्पतालका तथ्यांकले भने कोरोना संक्रमण बढ्न थालेको देखाएको छ। 
 |  बुधबार, असार २३, २०७८
nespernesper

ज्योति अधिकारी

ज्योति अधिकारी

बुधबार, असार २३, २०७८

vianetvianet

काठमाडौं- एक हप्ता अगाडिसम्म एपीएफ अस्पताल बलम्बुमा दैनिक भर्ना हुने कोरोना संक्रमितको संख्या २/३ जना मात्रै थियो।अस्पतालमा गम्भीर अवस्थामा पुग्ने बिरामीलाई आईसीयू पाउन सहज हुन थालेको थियो।

triton college

तर पछिल्लो एक हप्तायता भने कोरोना संक्रमण भएर अस्पताल पुग्ने बिरामीको संख्या बढ्न थालेको छ। हाल दैनिक ८/९ जना संक्रमित अस्पताल पुग्न थालेका छन्। अस्पतालमा कोरोना संक्रमितको संख्या २०० बाट घटेर ४८ जनामा झरेकोमा अहिले बढ्न थालेको छ। हाल ७० जना संक्रमित अस्पतालमा उपचाररत छन्। 

अस्पतालका कोभिड फोकल पर्सन डा. प्रविन नेपाल भन्छन्, ‘पहिलो लहरको अन्त्यतिर अस्पतालमा जम्मा २ जना संक्रमित थिए भने आईसीयू भेन्टिलेटर खाली थिए, तर अहिले आईसीयू भेन्टिलेटर खाली हुने संकेत देखिँदै गर्दा फेरि बिरामी थपिन थालेका छन्।’  

त्यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरका निर्देशक रवि शाक्यका अनुसार पछिल्लो हप्ता कोरोनाका बिरामी अस्पतालमा बढ्न थालेका छन्। हाल अस्पतालका आईसीयू भेन्टिलेटर पुरै भरिएका छन्। एक हप्ता अगाडिसम्म अस्पताल आएका बिरामीलाई आईसीयू चाहिने भएमा तत्काल पाउन सक्थे तर अहिले कुर्नुपर्ने अवस्था देखिएको छ। उनीहरुलाई रिफर गर्नुपर्ने अवस्था देखिएको छ। हाल दैनिक भर्ना हुनेको संख्या पनि बढ्दै गएको छ। पोस्ट कोभिडका समस्या पनि बढ्दै गएको शाक्य बताउँछन्। 

सरकारले संक्रमण कम हुनलाग्दा निषेधाज्ञा खुकुलो बनाउनुले पुनः संक्रमण बढ्न थालेको विज्ञहरु बताउँछन्। 

National life insurance

शुक्रराज अस्पतालमा पनि पछिल्लो हप्ता संक्रमितको संख्या बढेको छ। अस्पतालका सूचना अधिकारी नवराज गौतमका अनुसार आईसीयू भेन्टिलेटर खाली हुन थालेका थिए, बिरामीले आवश्यक पर्नेवित्तिकै पाउन थालेका थिए, तर फेरि अहिले भरिन थालेको छ। विशेषगरी गम्भीर अवस्थाका बिरामीहरु अस्पताल आउन थालेका छन्।’

‘अस्पतलामा लामो समयसम्म आईसीयू, भेन्टिलेटरमा राख्नुपरेका केसहरु धेरै छन्, जसले गर्दा नयाँ बिरामीलाई समयमै भेन्टिलेटर वा आईसीयूमा राख्न सकिँदैन कि भन्ने चिन्ता थपिएको छ’, उनले भने।

त्रिवि शिक्षण अस्पतालमा पनि बिरामीको संख्या बढ्न थालेको अस्पतालका उपनिर्देशक तथा कोभिड फोकल पर्सन सन्तकुमार दासले जानकारी दिए। डा. दास भन्छन्, ‘आईसीयू भेन्टिलेटर खाली हुने संकेत देखिए पनि पछिल्लो एक हप्तामा अस्पतालमा बिरामी आएको हेर्दा कोरोना बढेको हो कि भन्न सकिन्छ।’

यी चार अस्पतालको बिरामीको अवस्थालाई मात्रै आधार मान्ने हो भने पछिल्लो साता कोरोना संक्रमितको संख्या बढेको देखिन्छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तथ्यांक स्थिर रहेको बताए पनि अस्पतालका तथ्यांकले भने कोरोना संक्रमण बढ्न थालेको देखाएको छ। 

जनस्वास्थ्यविज्ञ डा. शरद वन्त भन्छन्, निषेधाज्ञा खुकुलो बनाइनुलाई जोखिम घटेको रुपमा बुझ्नु गम्भीर गल्ती हुनेछ।’ 

दोस्रो लहरमा घटेर २० प्रतिशतसम्म पुगेको कोरोना संक्रमण पुनः बढ्न थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले पनि देखाएको छ। बुधबारमात्रै ११ हजार ८९८ जनाको परीक्षण गर्दा २६.५ प्रतिशत अर्थात् २ हजार ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

देशभरको तथ्यांकले संक्रमणदर २६.५ प्रतिशत देखाए पनि केही जिल्लामा भने संक्रणदर अझै बढी रहेको मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेल बताउँछन्। कर्णालीमा ७४ जनाको परीक्षण गर्दा ३७ जनाको पोजेटिभ देखिएको छ। यो ५० प्रतिशत हो। त्यस्तै ७०३ जनाको परीक्षण गर्दा २७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो ३९.५ प्रतिशत हो। समग्रमा २६ प्रतिशत देखिए पनि विभिन्न ठाउँमा संक्रमणदर उच्च रहेको उनले बताए। 

सरकारले संक्रमण कम हुनलाग्दा मात्रै निषेधाज्ञा खुकुलो बनाउनुले पुनः संक्रमण बढ्न थालेको विज्ञहरु बताउँछन्। मन्त्रालयका प्रवक्ता डा. पौडेल भन्छन्, ‘बन्दाबन्दी खुल्नु भनको कोभिड सकिएको होइन, मानिसहरुले लापरबाही गर्न थालेको देखिएको छ, यसले झनै समस्या निम्त्याउन सक्छ, जोखिम कत्ति पनि कम भएको छैन।’ पछिल्लो दुई-तीन दिनदेखि संक्रमण बढ्न थालेको डा. पौडेल बताउँछन्। 

पछिल्लो समय सवारीसाधन सञ्चालनमा निशेध आदेश हटाइएको छ भने, आम मानिसहरु सामन्य अवस्थामा जस्तै आवतजावत गर्न थालेका छन्। जनस्वास्थ्यविज्ञ डा. शरद वन्त भन्छन्, निषेधाज्ञा खुकुलो बनाइनुलाई जोखिम घटेको रुपमा बुझ्नु गम्भीर गल्ती हुनेछ।’ 

अहिले पनि देशभरका अस्पतालहरुमा करिब ६०० बिरामी आईसीयू तथा भेन्टिलेटरमा उपचाररत छन्। उपत्यकाका अस्पतालमा आईसीयू भेन्टिलेटर भरिएका छन्। पछिल्लो समय गम्भीर अवस्थामा अस्पताल पुगेकाहरुलाई पनि फेरि समयमै आईसीयू भेन्टिलेटर पाउन मुस्किल हुने चिकित्सकहरुको चिन्ता छ। जनजीवन सामान्य अवस्थामा फर्कने आंकलन गरिरहँदा फेरि भयावह अवस्थाको सामना गर्नुपर्ने हो कि भन्ने चिन्तामा विज्ञहरु देखिएका छन्।

जनस्वास्थ्यविज्ञ डा. शरद वन्त भन्छन्, ‘निषेध आदेशका कारण संक्रमण कम भएको देखिए पनि खुकुलो भएसँगै बढ्ने निश्चित छ, प्रभावकारी रुपमा मापदण्ड पालना गरिएन भने भयावह अवस्था आउन सक्छ।’

प्रकाशित: Jul 07, 2021| 12:10 बुधबार, असार २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।