सोमबार, असार २९, २०८३

जानकी मेडिकल कलेजका विद्यार्थीको भविष्य अन्योलमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- धनुषा जिल्लाको रमदैया भवाडीस्थित एकमात्र मेडिकल कलेजको अहिले दुरावस्था छ । 

सदरमुकाम जनकपुर भन्दा करिब ४ किलोमिटरको दुरीमा रहेको जानकी मेडिकल कलेजका व्यवस्थापन पक्ष फरार भएपछि त्यहाँ अध्ययनरत विद्यार्थीहरुको भविष्य नै अन्यौलमा परेको छ । 

व्यवस्थापनले कार्यरत कर्मचारीहरुको तलब नदिएपछि आन्दोलनमा उत्रिएका उनीहरुले २३ वैशाखदेखि कामकाज ठप्प पारेका छन् । कर्मचारीहरु आन्दोलनमा उत्रेपछि पैसा दिन तलब नदिएर व्यवस्थापन पक्ष फरार भएको बताइएको छ ।

पठनपाठन ठप्प भएर भविष्य नै अन्यौलमा परेपछि मेडिकल कलेजका विद्यार्थीहरु पनि आन्दोलनमा उत्रिएका छन् । पठन पाठन सुचारु गर्न र तलब उपलब्ध गराउन माग राख्दै कलेजका विद्यार्थी र कर्मचारीहरुले बुधबार संयुक्त रुपमा एक घण्टा जनकपुर–ढल्केबर सडक खण्ड अवरुद्ध गरेर प्रदर्शन गरेका छन् । 

व्यवस्थापन पक्ष कर्मचारीहरुको तलब र विद्यार्थीहरुको पठनपाठन नगराई फरार भएपनि सरोकारबला निकायले चासो नदिएको भन्दै सडक अवरुद्ध गरेर प्रदर्शन गरेको उनीहरुले बताएका छन् । सम्बन्धीत निकाय यथाशीघ्र समस्या समाधान गर्नतर्फ पहल नगरे कडा आन्दोलन गर्ने कर्मचारी संघर्ष समितिका अध्यक्ष उमेश यादवले चेतावनी दिए । 

कलेजमा अध्ययनरत अन्तिम वर्षका विद्यार्थीहरुले पठनपाठन सुचारुको माग गर्दै व्यवस्थापनको विरोध गर्दै कलेजको बसमा तोडफोड समेत गरेका थिए । व्यवस्थापन पक्ष नहुँदा एमबीबीएस अन्तिम वर्षमा अध्ययनरत ६५ विद्यार्थी प्रयोगात्मक परीक्षाबाट समेत बञ्चित भएका छन् । 

८ वैशाखमा हुने परीक्षा कर्मचारीहरुको आन्दोलनका कारण अनिश्चित समयको लागि स्थगित भएको छ । जानकी मेडिकल कलेज व्यवस्थापनले कार्यरत साढे ४ सय कर्मचारीलाई १४ महिनाको तलबभत्ता दिएको छैन् । 

जानकी मेडिकल कलेजमा पटक पटक व्यवस्थापन परिवर्तन भएपनि अवस्थामा सुधार आउन नसकेको कार्यरत कर्मचारीहरुको भनाई छ । तलब र पठनपाठनको विषयलाई लिएर पटक पटक कलेजमा अवरोध उत्पन्न हुने गरेको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।